शेयेर गर्नुहोस
टीकापुर १४ वैशाख /
सन्त निरंकारी सत्संग भवन बिरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको रक्तदान कार्यक्रमना एक सय बढीले रक्तदान गरेका छन् ।
कर्णाली प्रदेशका उधोग पर्यटन तथा बाताबरण मन्त्री माननिय सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एक सय तीन जनाले रक्तदान गरेका हुन । जसमा महिला ६३ र पुरुष ६० जना रहेको कार्यक्रमका बिशिस्ट अथितीको सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावलले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य जानकी सिंह,जिल्ला समन्वय इकाई सुर्खेतका सभापती गंगाराम सुनार विशिष्ट अतिथि रहेका थिए । अतिथिको रुपमा बिरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्रीको उपस्थिति थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी सहित अध्यात्मिक प्रेमी सन्तजनको बाक्लो उपस्थिती रहेको बताइएको छ ।
कार्यक्रममा सभापतिको रुपमा सुर्खेत जिल्ला प्रमुख सहबिर थापा रहेका थिए । साथमा माननीय मन्त्रीज्यु लगायत अथितिले निर्माणाधिन सत्संग भवनको समेत निरीक्षण गर्दै आफ्नो सुझाव सल्लाह व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन राजन रेग्मीले गरेका थिए ।
