एमालेका पुर्व अध्यक्ष थापाले छोडे एमाले

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ भदौ /
कैलालीको पूर्वी भेगका विभिन्न दलका प्रभावशाली नेताहरु सहित नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष रतन थापाले पार्टी छोडेका छन् ।
उनिहरुले पार्टी छोडेर नयाँ नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सदस्य रतन थापा, पूर्व साँसद हिमाञ्चल राज भट्टराई, पूर्व साँसद कैंया चौधरी, राजेन्द्र देवकोटा, विष्णु सापकोटा लगायत छन । थापालाई पार्टीले असार १४ गते कारवाही गरेको थियो । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिन्थे ।
त्यस्तै पूर्वसाँसद भट्टराई कैलाली क्षेत्र नं. १ बाट २०५१ सालको मध्यावर्ती निर्वाचनमा विजयी भएका थिए । उनी लामो समय नेकपा एमालेको राजनीतिमा सकृय थिए । उनी पछिल्लो समय पार्टीमा भूमिका बिहिन बनाएको प्रति असन्तुष्ठ थिए । राप्रपाको राजनीतिमा सकृय पूर्वसाँसद चौधरी थारु समुदायमा प्रभाव राख्ने व्यक्ति हुन । उनी पञ्चायती व्यवस्था देखी नै राजनीतिमा सकृय थिए । उनी २०५१ सालमा राष्ट्रिय सभाको साँसद रहेका थिए ।
यसैगरी नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य राजाराम चौधरी, नेकपा माओवादी केन्द्रका नेता तथा घोडाघोडी अस्पतालका सञ्चालक विष्णु सापकोटा, राजनीति संवाद समितिका केन्द्रिय सदस्य तथा मसुरीयाका उद्योगी राजेन्द्र देवकोटा, नेकपा एमाले कैलालीका जिल्ला सदस्य दुजराम चौधरी र बर्दियाका डा. प्रदिप ढकाल समेत पार्टी प्रवेश गरेको केन्द्रिय सदस्य लालविर चौधरीले जानकारी दिएका छन् ।
चौधरीका अनुसार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा २३ जना पार्टी प्रवेश गरेका छन । उनले नागरिक उन्मुक्ति पार्टी प्रति धेरैको आकर्षण बढ्दै गएको दावी समेत गरे ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *