शेयेर गर्नुहोस
समाधान समाचार, भजनी २७ कार्तिक /
नेकपा एमाले भजनी नगर कमिटीको अध्यक्षमा खडक बुढा चयन भएका छन् ।
एमालेको १० औं महाधिवेशनका लागि वडा तहदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै नगरको नेतृत्व चयनको लागि देशभरका स्थानीय तहमा नेतृत्व छनोटको काम भैरहेको छ । भजनी नगरपालिकाको बिहीवार उद्घाटन भएको नगरसभाको शुक्रवार भएको बन्दसत्रले बुढाको नेतृत्वमा ५४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा शिवचरण चौधरी, सचिवमा राजबहादुर बुढा, सह सचिवमा सरिता साउँद र धर्मराज तिमिल्सिना रहेका छन् ।
नवनिर्वाचित नगर अध्यक्ष बुढाले पार्टीलाई अझै मजबुत र सांगठनिक रुपमा बलियो बनाएर लैजाने बताउँदै बाकी सदस्यहरुलाई नगरको पहिलो बैंककबाट मनोनीत गरिने बताएका छन् । उनले एमालेको १० औं महाधिवेशनलाई सफलतापुर्बक सम्पन्न गर्न सबै नेता तथा कार्यकर्ताको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउँदै त्यसमा सबैले सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।