एसबीआई बैंकद्वारा शैक्षिक सामाग्री वितरण

शेयेर गर्नुहोस


टीकापुर २२ मंसिर/
नेपाल एसबिआई बैंक लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । 
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तारामीलाई एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत  राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत, रितेश अर्याल र बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस्ता कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
   हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *