शेयेर गर्नुहोस
टीकापुर १७ पुस /
टीकापुर स्थित ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर र नेपाल एसवीआई बैंक टीकापुर बीच मंगलबार सम्झौता भएको छ ।
बैंकमा ग्राहकहरुलाई अस्पतालमा उपचार गर्न जाँदा उपचार तथा औषधिमा लाग्ने शुल्क छुट दिने विषयमा बैंक र अस्पताल बीच सम्झौता भएको हो । बैंकका सम्पुर्ण भिसा डेभिड कार्ड तथा मोबाइल बैङ्किग सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी बिरामीहरुलाई छुट प्रदान गर्ने विशेष सम्झौता भएको छ । बैंक र अस्पतालका प्रबन्धक निर्देशक कृष्णप्रसाद उपाध्याय बजगाई बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै सेवा आदानप्रदानका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा सम्पुर्ण शरीरको सामान्य परिक्षणमा २० प्रतिशत, सम्पुर्ण शरिरको परिक्षणमा ३० प्रतिशत, रेडियोलोजीमा १० प्रतिशत ओपिडी ल्याबमा १५ प्रतिशत, बेड चार्जमा १० प्रतिशत, अप्रेसन थिएटरमा १५ प्रतिशत, फार्मेसीमा ५ प्रतिशत र सर्जिकलमा १० प्रतिशत छुट दिनेगरी सम्झौता भएको बताइएको छ ।










