कक्षा १० सम्मको पठनपाठन निशुल्क गर्न बिधालयलाई पत्राचार

शेयेर गर्नुहोस


भजनी ०५ बैशाख /
भजनी नगरपालिकाले शैक्षिकसत्र २०८० देखि माद्यामिक तह अर्थात कक्षा १० सम्म नगरपालिका भित्रका सामुदायिक बिधालयलाई नि शुल्क गर्ने भएको छ ।
भजनी नगरपालिका बिधालय शिक्षा व्यवस्थापन कार्यविधि २०७४ को दोस्रो संशोधन २०७९ को दोस्रो परिच्छेदको “१०” नियम ६० मा सामुदायिक बिधालय आधारभूत तह, माध्यामिक तह कक्षा १० सम्म नि शुल्क हुने व्यवस्थाअनुसार सबै सामुदायिक बिधालयलाई कार्यान्वयनका लागि परिपत्र गरेको हो । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सोमबार नगरपालिका भित्रका सबै सामुदायिक बिधालयलाई कुनै पनि बहानामा कक्षा १० सम्माका बिद्यार्थीहरुबाट शुल्क नउठाउन भनिएको छ ।
“कुनै पनि बहानामा बिधार्थीसंग शिक्षण शुल्क लिन पाइने छैन भन्ने व्यवस्था भयको, नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेतापनि यस भजनी नगरपालिकाका सामुदायिक बिद्यालयहरुमा अभिभावक तथा विधार्थीहरुबाट विभिन्न किसिमका विषय सिर्जना गरी शुल्क लिई भर्ना गरिरहेको भनि व्यापक जनगुनासो आइरहेकोले आगामी दिनमा कुनै किसिमको पनि शुल्क नलिइ यस नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा लागु गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।” पत्रमा उल्लेख गरिएको छ ।
टीकापुर नगरपालिकामा भने कक्षा ८ सम्म सामुदायिक बिधालयमा पठनपाठन नि शुल्क गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *