शेयेर गर्नुहोस
टीकापुर ०३ माघ /
कञ्चनपुरमा नेकपाका तीन उम्मेदवारनेकपा)ले कञ्चनपुर जिल्लाका ३ वटै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टीका केन्द्रीय कमिटी सदस्य सुरेन्द्रमान कार्कीले कञ्चनपुरका तीनवटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको जानकारी दिए। उनका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर, क्षेत्र नम्बर २ मा लाल बहादुर खड्का र क्षेत्र नम्बर ३ मा मान बहादुर सुनारको नाम टुंगो लागेको हो ।
बिना मगर क्षेत्र नम्बर १ बाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर खानेपानी मन्त्री बनेकी थिइन । २०७९ को निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तारालामा तामाङसँग पराजित भएकी थिइन् । मगरलाई तामाङले ५ हजार बढी मतान्तरले पराजित गरेका थिए । तामाङले २४ हजार ८ सय ९२ मत ल्याउँदा मगरले १९ हजार तीन सय ४६ मत ल्याएकी थिइन् ।
त्यसैगरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल बहादुर खड्का यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री भएका व्यक्ति हुन । नेकपा एमाले विभाजन हुँदा उनी नेकपा एकीकृत समाजवादीमा गएका थिए। क्षेत्र नम्बर ३ का उम्मेदवार मान बहादुर सुनार २०७४ सालमा माओवादी केन्द्रबाट यसै क्षेत्रबाट प्रदेशसभा निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री भएका थिए ।










