कर्णाली नदिमा डुबेर एकजना युवा बेपत्ता

शेयेर गर्नुहोस


समाधान समाचार , असार १३/
टीकापुर नगरपालिका वडा नम्बर १ शक्ति नगर बस्ने बर्ष २३ का सागर चौधरी माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छ्न।
नगरपालिकाको वडा नम्बर २ मा पर्ने सन्कट्टीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ। नदीमा माछा मार्ने निस्केका चौधरी संगै आकाश चौधरी ,बिनोद चौधरी लगायत चार जनाको समुहमा माछा मार्न गएका थिए । अन्य तिनजनाहरु सुरक्षीत रहेको बताइएको छ ।
चौधरीको खोज तथा उदारको लागि टीकापुरमा “हाम्रो टीकापुर हाम्रो अभियान”को टोलिले इलाका प्रहरी कार्यलय तथा इलाका प्रशासन कार्यलय टीकापुरसंग समन्वय गर्दै अभियानका संयोजक भुपेन्द्र साउद को नेतृत्वमा लोक बहादुर बुढा क्षेत्री उमेश तुलाचन प्रकाश खत्री बिमल चंद लगायत ७ जनाको टोलिले कर्णाली नदिमा र्याप्टिङ सहायताले खोजी कार्य गर्दै आएको संयोजक खत्रीले बताएका छन । अहिले सम्म चौधरीको अवस्था अज्ञात रहेको बताइएको छ ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *