कसले सोचेको थियो यस्तो होला भनेर,१७ जनाको एकै चिहान

शेयेर गर्नुहोस


समाधान समाचार
काठमाडौं ०४ भाद्र/
साझ परेको झरी गडगडाहट आकाश कराएकोले म अलि ढिला सुतेकी थिए । हुन् त् म मात्रै हैन् सिङ्गो गाउँ नै जुरमुराईरहेका थिए । म सुत्ने बेला झरर गरेर पानि आएको थियो । बारीमा मकैका पात बजिरहेका थिए । म भित्र कोठामा बाबुनानिसंग सुपुक्क सुतेर मनमा अनेक कुरा खेलाएर सुतेकी थिए तर निन्द्रा भने पटक आएको थिएँन । झ्यालबाट नियालेर हेरिरहेकी हुन्थ्ये म । आकाश कराउनु भन्दा पहिले उज्यालोको प्रकास झुर्लुक्क झुर्लुक्क आएको देखिन्थ्यो । म झन् बेस्करी आत्तिन्थे । यो सब मनको पिर मात्र हो ।

प्रकृति र समय भन्दा ठुलो के नै छ र ? को नै छन र ? सहनु पर्थ्यो । दैविक प्रकोप पनि सहेर बस्नु पर्छ । हामीले न चाहेर नहुने भन्ने हुदैन । सबै समयको खेल हो । भारि झरी दर्केको थियो । वारिपारी घर छेउ कै खहरे खोला पनि बेस्कन कराएर उर्लेको थियो । मनमा पिडा एक तिर थियो । छोराछोरीको माया एका तिर थियो । प्रकृतिले भरि पूर्ण मेरो गाउँ,टोल,मिलेर बसेका मेरा छिमेकीको माया एका तिर थियो । गाउभरिका दाजुभाईको माया झन् बढी थियो । बेस्कन आएको पानि त्यसमाथि आकाश कराएको सुन्दा झन् मन आत्तिएको थियो । जेनतेन निदाउन कोसिस गरे । नभन्दै म निदाएको पत्तै पाईन ।

बिहानीको घामको किरण डाडा माथि झुल्किदै थियो । ६ बजिसकेको थियो । भान्छा कोठामा बाजे(ससुरा बा)ले रेडियो बजाउनु भएको थियो । आखा मिच्दै घरको आगनमा मात्र के पुगेकी थिए । रेडियोबाट अनिष्ट खबर मेरो कानमा पर्यो । गए राति आएको झरीले बाढी आएर अछाम रामारोशन गाउँपालिका वडा नम्बर ५ मा अवस्थित खेतबारी,विधुतीय घर लगाएत स्थानीय(सैनी)बजार बगाएको छ । भनेर रेडियोबाट समाचार बाचन भैरहदा मलाई हिजो रातिको याद अईरहयो । आकाश कराएको आवाज मेरो कानमा गुन्जियो झन् ।

आगोको झिल्को देखिन थाले मेरो आखा अगाडी । एक छिन पछी जताततै हल्ला फैलियो स्थानीय बजारका सबै घर बगरमा परिनत भएका छन् । करोडौको धनजन सहित ठुलो मानबिय क्षेति भएको छ । प्रकृतिलेमा यस्तो शक्ति हुन्छ जसले मानिसको जिवन प्रकृति बिना चल्न सक्दैन । किनभने मानिसहरु बाच्नको लागी नभइ नहुने अक्सिजन प्रकृतिले हामीलाई सदावहार उपलब्ध गराईरहन्छ । प्रकृति र मानिसँग जोडियर चल्न थाल्छ । नेपाली हामी रहौला कहा प्रकृति नरहे । मानिसको हरेक जिबन प्राकृतिसंग जोडिएको हुन्छ ।

मलाई कहिलेकाही लाग्छ मानिसका सम्पूर्ण सफलताको साधक प्रकृति हो त्यसपछिको संघर्ष हो । मागेर वा रोना याचना गरेर केहि पनि हुदैन होला । जिबनमा अनेक प्रकारका पिडा,सुख,दुख,हर्ष सहनु पर्दो रहेछ ।नभन्दै बज्रपात भयो । आएको बाढीले एकै परिवारका ११ जना गरि १७ जना बेपता भएको खबरले रामारोशन गाउँपालिका शोकमा डुब्यो । ६ जनाको लाश त् भेटियो, अन्यको खोजी जारी छ । नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीयले बेपत्ताको खोजी तथा उद्धार जारी राखेका छन् । एकाएक हल्ला जताततै फैलियो ।

स्थानीय निकाए देखि केन्द्रसम्म फैलियो हल्ला । उद्दारको लागि राहत सहित उद्दरकर्मिको टिम पुग्यो । गाउभरिका मान्छे सोकाकुल भएका छन् । बस्ति बसेको बजार सबै तहसनहस भैसकेको छ । जिउदो मुख हेर्न त् कसैले पाएनन नै पाउदैनन पनि अब । मृ#त शरीर भेटाउन पाए पनि त् चित्त बुझाउन सक्थेहोला । त्यो पनि त् सम्भब नै छैन जस्तो देखिन्छ । त्यो बजारको नाम निसाना नै मेटिएको छ । साँझ ७ बजे देखि परेको पानीले गर्दा एक्कासि पानि बाहाफ बढेर धनजनको क्षेति पुर्येको छ ।

पानी पर्दै गएपछि माथि रहेका रामारोशन तालहरुबाट पनि पानी कैलाश खोलामा आईपुगे पछी कैलाश खोलाले ढुंगा, रुख र पहिरो सँगै बगाउन थाल्यो । यो रामारोशन गाउँपालिकाले पहिलोपटक भोगेको कुरा हो । कुनैबेला दन्दले ग्रसित भएको मेरो गाउँ आज फेरी शोकमा डुबेको छ । हिजोका दिनमा सरकारी पक्ष र माओबादी पक्ष बीच यहिँ ठाउलाई टेकेर ढाल बनाएर अनेक घट ना घटेका थिए ।

कयौ महिलाका सिन्दुर पुछिएको थियो । कतिपयका कोख खालि भएको थियो,कयौ मानिस बेपत्ता भएका थिए । देश र जनताको लडाई हो भन्ने होहल्लाको पछी लागेर कयौ छोरा अझै फर्किएर आएका छैनन । त्यो पिडा अझै बाकि नै छ । मैले देखेको भोगेकोसम्म यो मेरो आखाले देखेकी युद्धकाल पछी अर्को दैविक पिडा हो । स्थानीय बजार सैनीबजारमा स्थानियाहरुकै चलहपहल हुने सानो बजार सानै जनसंख्या रहेको त्यो ठाउमा कसैको पसल थिए त कसैको घर थिए ।

यो बजार स्थापना पनि युद्धकालखण्ड सकिए पछी स्थापना भएको हो । यतिका वर्षसम्म त्यस्तो क्षेति नभएको त्यो ठाउमा यतिसम्म होला भन्ने कसैले कल्पनासम्म गरेका थिएनन । ति खाना खाएरसंगै सुतेका परिवारले पनि त् कल्पना गरेका थिएनन् होलान । राति पानि आउछ हामीलाई भेलले बगाउछ भनेर । बिचार ! ति घर बगाउदै गर्दा पानीको भेलामा बग्दै गर्दा निन्द्रामा सुतेकाहरुले ऐया समेत भन्‍न पाएनन् । ४-५ सय पशुचौपाया बगेका छन् । बजार केही बाँकी रहेन । सबै मरभूमिजस्तै भइदियो । सुनौलो दिनको अनुभव गर्न पाएनन । बिचरा सुत्नेको के दोष,ति अबोध बालबालिकाको के दोष ! गरौला खाउला भन्ने उमेरमा सुतेको ठाउँबाट न बिउझ्दै संसार छोडेर गए ।

भोलि म कहाँ हुन्छु ? भोलि त कसैले देखेकै छैन । भोलि के कल्पित संसारको स्वरुप हो ? वा के हो ? म आफैं अलमलमा परेकी छु । अनि कहिल्यै नदेखेको भोलि, म कहाँ हुनेछु ? यस्तै भयो आज । जिबन सपना झैँ लाग्छ । मानिस बाच्नलाई अनेक कर्म गर्छन् । कर्म गर्दै जीवनको अन्त्य भनेको मसानघाट मै हो । तर जीवन जिउनेबेला मानिसले अनेक कर्म अनेक ठाउँमा गएर गर्नु पर्छ । एकातिर देश कोरोनाले बिक्षिप्त भएको छ ।

अर्को तिर यो घ टनाले झन् पिडा भरेको छ मनमा । मरिजाने यो चोलामा कसैलाई नराम्रो गरेर केहि हुदैन । हामि सबैले एक अर्काको भलो चिताउनु पर्छ । सकिन्छ भने भोलिलाई हामि थाति राखेर काम गछौ यो गलत हो जस्तो लाग्छ । हामीले अनेक काम समयमा सक्नु पर्छ । जिन्दगीका पाईला कता गएर रोकिन्छन न मलाई थाहा छ न अरु कसैलाई थाहा छ ।

मानिसले कथा परिकल्पना गर्न सक्छ तर जिन्दगीको बारेमा कसैले पनि परिकल्पना गर्न सक्दैन र सकिदैन पनि । आज मलाई भूपू पाण्डेको गित सुन्न र गाउन मन लागेको छ ।“छोटो छ जिन्दगि फोटो खिचेर राख” यो गित जस्तै भयो आज मेरै आखा आगाडी । अब जीवित छैनन ति अनुहार ! मरेर गए गङ्गा तरेर गए । कसैलाई केहि नभनेर गए । अब ति अनुहार फोटोमा मात्रै सिमित् रहेका छन् । मन मुटुमा सिमित छन् । स्पर्स गर्न सकिएला सम्झिन सकिएला तर बोल्न अब कहिले सकिदैन ।

आज दिनभरी मौसम एकदमै सफा छ दिउसो हल्का बादलले ढाकेको थियो । प्रकृति पनि कति निष्ठुरी मानिसको मनमा अनेक पिडा आशु भरिएको छ आखामा तर आज दिनभरी हासेर बसेको छ । आकाशमा बादल रमाईरहेको छ । यस्तो घ#टना हिजो रातिनै भएको हो भनेर आज आकाशमा हेरेर पत्याउन नसकिने अवस्था छ । मन पिडामा चुर्लुम डुबेको छ । जति बेपत्ता भएका छन् उनीहरुका आफन्त ईष्टमित्र सबै सोकाकुल छन् ।

अझै भन्ने हो भने कतिलाई त् अझै पत्यार लागेको छैन । मलाई पनि हो झैँ लागेको छैन । कसैले दन्ते कथा भनिरहेको जस्तै लागेको छ । तर नजिकबाट जब मैले निहाले निहालेकि छु । झलझलती आखामा आएको छ त्यो सैनी बजार । अनि त्यहाँका ब्यापारी । कति कठोर मनको रहेछ यो प्रकृति दया,माया नभएर १७ जनाको एकै चिहान बनाएर गयो । सारा रामारोशन बासीलाई रुवाएर गयो । अरुलाई त् मैले त्यति ख्याल गरेकी छैन । दाई नन्दु साउद,दिदि गङ्गा साउदको अचाक्ली याद आउँन लागेको छ । मिठो बोल्ने मिजासिला,सवैको भलो चिताउने,सामाजिक हरेक कामको लागि अग्रसर हुने ति दाई प्रति दिदि प्रति र सवै प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । रेणुका देबी ! Sk3 onlinekhabar bata

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *