काँग्रेसको कैलालीमा महाधिवेशन अझै अनिश्चित

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १५ असोज /
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि कैलाली जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेपनि महाधिवेशन कहिले हुने भन्ने अझै अनिश्चित बनेको छ ।
क्रियाशील सदस्यता नआउँदै आआफ्नो टिम बनाएर प्रचारप्रसारलाई तिब्र बनाएपनि सदस्यताको टुंगो नलागेका कारण वडा तहको महाधिवेशनको समेत अनिश्चित बनेको थियो । विशेषगरी कैलालीको टीकापुर नगरपालिका वडा नं. १ को सदस्यताको विषयमा भएको विवादका कारण अन्योल भएको महाधिवेशनको मिति तयका लागि अहिले काँग्रेस आन्तरिक छलफलमा जुटेको पनि वडाको महाधिवेशन कहिले हुने भन्ने अझै टुंगो लागेको छैन ।
बिहिवार काँग्रेस कैलाली जिल्लाको बैंककले वडा महाधिवेशन टुँग्याउने कुरा भएपनि जिल्लाको बैठक नै बस्न नसकेको कैलाली क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारीले बताउनुभयो। “महाधिवेशनको मिति केन्द्रीय निर्वाचन समितीले तय गर्ने रहेछ । जिल्लाको पनि बैठक बस्न सकेन । सामान्य अनौपचारिक छलफल मै बिहिवारको बैठक सकियो ।” अधिकारीले भन्नुभयो, “महाधिवेशन कहिले हुन्छ भन्ने अझै फिक्स भएको छैन । सदस्यताको विवाद भने समाधान भएको छ ।”
क्षेत्रीय सभापति अधिकारीले सदस्यता विवाद टुंगोमा पुगेको भन्दै केन्द्रिय निर्वाचन समितीले केही दिनमै महाधिवेशनको मिति तय गर्ने बताउनुभएको छ । उहाँले केन्द्रले पहिले तोकिएको समय अर्थात असोज १८ गतेभित्र वडाको महाधिवेशन सम्भव नभएको बताउनुभयो ।
उता क्रियाशील सदस्यताबाट बञ्चित भएकाहरु पार्टी प्रती आक्रोशित बनेका छन् । पार्टीको आन्तरिक समस्याका कारण आफुहरु सदस्यता पाउनबाट बञ्चित भएको भन्दै नेताहरूको महत्वाकांक्षीका कारण आफुहरुमाथी भएको उहाँहरुको आरोप छ । टीकापुरमा क्रियाशील सदस्यता बञ्चित संघर्ष समिती नै गठन भएको छ । समितीका संयोजक ताराप्रसाद अधिकारीले केही नेताहरूको स्वार्थका कारण सदस्यताबाट बञ्चित हुनुपरेको बताउँदै त्यसका लागि समितीले ससक्त प्रतिकार गर्ने बताउनुभयो । “हामी अन्तिमसम्म भएपनि नाम आउँछ भन्नेमा ढुक्क थियौं ।” अधिकारीले भन्नुभयो, “हामिले सदस्यता आएको तर १४ औं महाधिवेशनमा मात्रै सहभागी हुन नपाउने भन्ने आएको छ । त्यति भएपनि ठिक छ । यदि सदस्यता नै नआएर हल्ला फैलाइएको भए हामी प्रतिकार गर्छौं ।”

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *