जेष्ठ नागरिक दिवस मनाइयो

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी १५ असोज /
कैलाली भजनीमा ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा साथमा उक्त कार्यक्रम भजनी नगरपालिका वडा नं.८ सोना फाटामा निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ । स्वास्थ्य शिविरबाट सेवा पाउदा जेष्ठ नागरिक खुशी व्यक्त गरेका छन् । स्वास्थ्य शिविरमा आएर आफ्नो नसा सम्बन्धि परामर्श र सेवा लिदा खुशी लागेको स्थानिय जौमति पाण्डले बताउनु भएको छ।
स्वास्थ्य उपचारको लागि उक्त क्षेत्रका नागरिक लाई सहज रुपमा ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर संचालन हुदा औषधी उपचारको लागि अन्यत्र जानु नपर्ने भएकोले खुशी लागेको स्थानिय आशा देवी चौधरीले बताएकी छिन्।
एक दिनेमा स्वास्थ्य शिविरमा २ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिनेहरुमा भाइरल ज्वरो , हात जोर्नि, नसा सम्बन्धि समस्या देखिएको स्वास्थ्यकर्मी मलवरा स्वास्थ्य क्लिनिक जोशिपुर विरेन्द्र डगौराले बताउनु छ। यस सँगै शिविरमा स्वास्थ्य परामर्श ,भिडियो एक्सरे ,सुगर तथा प्रेसर चेकजाँच दन्त सेवा दिइरहेको उहाँले बताउनु भएको छ।

स्वास्थ्य शिविरबाट जेष्ठ नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा सँगै उहाँहरुको समस्या निराकरणमा थप सहयोग लागि उक्त कार्यक्रमको आयोजना गरिएको डल्फिन,जलचर तथा जैबिक बिबिधता संरक्षण नेपालका महासचिव जयराज ढुंगानाले बताउनु छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *