शेयेर गर्नुहोस
टीकापुर १६ फागुन /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले विकासका काममा अवरोध हुने स्थिति आए आफू पार्टी त्याग्न पछि नपर्ने बताएका छन् ।
मालिका शुशु निकेतनको १७ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले जनताले आफुला काम गर्नका लागि पठाएको बताउँदै कुनै स्वार्थ राखेर आफ्नै पार्टीले रोक्न खोजे त्यसबेला विकासको पक्षमा उभिएर पार्टी त्याग्न पछि नपर्ने बताएका हुन । “म काम गर्नको लागि आएको हु । मेरो क्षमता अनि नागरिकहरुको साथ र समन्वयले कति काम गर्न सक्छु त्यो सबैले देखेकै कुरा हो ।” उनले भने, “यदि समाजलाई राम्रो हुने काममा आफ्नै पार्टीले रोक्ने स्थिति आए पार्टी त्याग्न पनि पछि परिदैँन ।”
आफुले गरेका राम्रा कामहरू कतिपय विकास विरोधीहरुलाई चित्त नबुझेको बताउँदै नगर प्रमुख थारुले विकास विरोधीहरुलाई समाजले चिन्नुपर्ने उनको भनाई छ् । उनले जातको नाम भजाएर आफ्नो अस्तित्व खोज्नुभन्दा पाएको जिम्मेवारी पूरा गर्दा समाजले आफ्नै त्यस्ता नेतृत्वलाई स्वीकार गर्ने बताए । “अहिले अनुगमन समितिका संयोजकलाई हटाएको कुरा निकै चर्चामा छ । जिम्मेवारी लिएर कामै नगर्नेलाई जिम्मेवारी दिएर मात्रै हुन्छ त ?” नगर प्रमुख थारुले भने, “महिनौं अगाडि भएको विमानस्थलको कामको अनुगमन भएको छैन । निर्देशनको कार्यान्वयन हुँदैन । आफ्नो अनुकुल काम गर्दा मात्रै राम्रो भन्न थालेपछि त्यो त राम्रो भएन, अनि नहटाएर के गर्ने ?”
स्वर्गीय खड्ग बहादुर सिंहको परिकल्पना अनुसार टीकापुरमा काम भैरहेको बताए । “सिंहले टीकापुरलाई चारवटा योजना अनुसार काम गर्ने योजना बनाएका थिए ।टीकापुरलाई अलग जिल्ला बनाउने, शैक्षिक नगरी बनाउने दोस्रो, तेस्रो पर्यटन क्षेत्रबाट टीकापुर चिनाउने र चौथो व्यापारिक केन्द्रको रुपमा बनाउने योजना हो ।” उनले भने, त्यसै परिकल्पनाअनुसार काम गर्छौं । यसैमा सबैको साथ र सहयोग दिन जरुरी छ । टीकापुरलाई बनाउनको लागि सबैले मन र बिचारलाई फराकिलो बनाएर अगाडि बढ्नुपर्छ । स्वर्गीय सिंहको परिकल्पना अनुसार गुलाब रोप्ने अभियान सुरु गरेका हौं ।
नगर प्रमुख थारुले गुणस्तरीय शिक्षाका निमित्त सामुदायिक बिधालयले संस्थागत बिधालयबाट ज्ञान लिन आवश्यक रहेको बताएका छन् । उनले बिद्यार्थी संख्याको आधारमा नगरपालिकामा प्रयाप्त बिद्यार्थी संख्या रहेको बताउँद त्यो बिद्यार्थी संख्याबाट गुणात्मक प्रतिफल निकाल्न आवश्यक रहेको बताए । बिधालय र बालबालिकाको आत्मबल बढाउनको लागि अभिभावक जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।
प्याब्सन सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष डम्बर बहादुर सोडारीले वर्तमान शैक्षिक ऐनलाई परिमार्जन गर्दै समय सुहाउँदो शिक्षा नीति कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् । राज्यले निजि क्षेत्रलाई अझै विश्वास गर्न नसकेको बताउँदै सोडारीले निजि क्षेत्रको योगदान बिना राज्यले सुनौलो राज्यको परिकल्पना गर्न नसक्ने बताए । कार्यक्रममा बोल्दै सोडारीले बिद्यार्थीहरुमा पठन संस्कृति न्यून हुँदै गएको बताउँदै शिक्षक, अभिभावक र बिद्यार्थीले समन्वय शिक्षालाई सुदृढ बनाउँदै लैजानुपर्ने बताएका छन् ।
बिधालयका प्रीन्सिपल चेतराज देवकोटाले बिधालयले १७ वर्षदेखि परिणाम मुखी नतिजा ल्याउँदै आएको बताउँदै अभिभावकहरुको भरोसालाई कामय राख्नका लागि आफुहरु सधैं भर प्रयत्नशील भैरहने बताएका छन् व्यवस्थापन समिति अध्यक्ष कलावती स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन टीकापुरका उपाध्यक्ष देवेन्द्र शाहले टीकापुरमा संस्थागत बिधालयले शैक्षिक गुणस्तरका विषयमा कुनै कन्जुस्याइँ नगरेको बताए ।
कार्यक्रममा वीरेन्द्र विद्यामन्दिर माद्यामिक बिधालय टीकापुरका पुर्व प्राचार्य धनन्जय तिमिल्सिना, प्याब्सन सुदुरपश्चिम प्रदेशका पुर्व सल्लाहकार रंग अधिकारी, समाजसेवी ध्रुब खत्री, प्याब्सन टीकापुरका सचीव डण्डिराज जोशी, कोषाध्यक्ष अमितकुमार चौधरी, समाजसेवी गोपाल थापा लगायतको सहभागिता रहेको थियो । शिक्षक पार्वती उपाध्यायलन सञ्चालन गरेको कार्यक्रमको स्वागत व्यवस्थापन समिती सदस्य प्रकाश खड्काले गरेका थिए ।
बिधालयको वार्षिकोत्सब कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण समेत गरिएको थियो ।










