कारागारमा झडप एकजनाको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर २४ साउन /
कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीका बीच झडप हुँदा एकजना कैदीको ज्यान गएको छ ।
आपसी झगडा हुँदा एकजनाको मृत्यु सँगै धेरै कैदीबन्दी घाइते भएको प्रारम्भिक जानकारी आएको छ । कैलाली जिल्ला प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घाइते भएका कैदीबन्दीहरूको सेतिप्रादेशिक अस्पतालमा उपचार भइरहेको र मृत्यु हुनेको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको जानकारी दिए ‌। झगडाको कारण भने अनुसन्धानबाट खुल्ने प्रहरी नायब उरीक्षक सिंहले बताए।
कैलाली जिल्ला कारागारमा पछिल्लो एक महिना यता निरन्तर जसो कैदीबन्दीका बीच आपसी झगडा हुँदै आइरहेका छन्। शुक्रबार बिहान मात्रै ठूलो आपसी लफडालाई जिल्ला प्रमुख अधिकारी गोगनबहादुर हमाल गएर मिलाएका थिए। यसै अवसरमा सञ्चारकर्मीहरूले सुरक्षा निकाय र प्रशासनलाई समेत सुरक्षामा निगरानी गर्नुस् भनेर प्रशासन र प्रहरी कार्यालय गएर सुझाव दिएको थियो। प्रमुख जिल्ला अधिकारीले आफूहरूले समस्या समाधान गरिसकेको र केही सुरक्षा व्यवस्था कडा गरेको भएतापनि ठूलो क्षति सहितको झगडाले कारागारमा सुरक्षाको चुनौती रहेको थाहा पाउन सकिन्छ।
समूहगत झगडाले गर्दा अरु कैदीबन्दीहरूले पनि पीडा खेप्नु परेको देखिन्छ ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *