शेयेर गर्नुहोस
गणेश क्षेत्री, बर्दिया १६ चैत /
राजापुर भन्सार कार्यालय कार्यालय सहयोगि को भरमा रहेको छ
कार्यालय सहयोगि राजकुमार चौधरी ले श्रावण महिनामा १ लाख ३७ हजार ४ सय ७३ रुपैया , भाद्र मा १ लाख ८६ हजार ६ सय ४९ रुपैया ,असोजमा १ लाख ४० हजार ६ सय ३४ रुपैया ,कार्तिक मा २ लाख २३ हजार ५० रुपैया , मंसिर मा १ लाख ४७ हजार ४ सय ,पौस मा १ लाख ९९ हजार १ सय ७४ रुपैया , माघ मा १ लाख २५ हजार ३ सय १० , फागुनमा १३ ८ सय १४ रुपैया चैत्र को १३ गतेसम्म ४३ हजार ५० रुपैया गरेर १२ लाख १६ हजार ५ सय ५४ रुपैया राजस्व सङ्कलन भएको बताउनुभयो ।
जति राजस्व सङ्कलन भएको छ सबै सवारिसाधन बाट मात्रै उठेको हो । राजापुर बजारसम्म आउने सवारिसाधन को सेवा सुबिधा निशुल्क भएको र शान्तिबजार ,भुरिगाउँ , टपरा अथवा अन्य ठाउँमा जानुपरेपछि राजस्व बापत शुल्क लिने गरेको छ । हालसम्म पनि कसैले सामान को भन्सार काटिदिनुस भनेर भन्सारमा नआएको चौधरीले बताउनुभयो । बर्ष दिन भयो सामान को भन्सार नकाटेको
चोरीपैठारी हुन्छ भन्ने सुनेको तर कतिबेला र कसरि हुन्छ आफुलाइ जानकारि नभएको कार्यालय सहयोगिले बताउनुभयो
प्रशासनको मिलेमतोमा तस्करहरुले मालसामान ओसारपसार गर्नेगरेको स्थानीय बताउँछन । भारतबाट आउने ति मोटरसाइकल मध्य अधिकाङ्स राति आएको सामान को पैसा लिन तकादा मा आउनेगरेको बताइएको छ । शान्तिबजार, भुरिगाउँ, टपरा लगायत को ठाउँमा भारतिय ब्यापारी हरु पैसा उठाउन आवतजावत गर्ने गरेका छन् ।स्थानीय खडक बुढा खक्रौला नाका मात्रै सबैको नजरमा पर्ने गरेको तर बर्दियाको राजापुर , कैलालीको जसबहादुर घाट, डाक्टर घाट बाट बिना भन्सार मालसामान ओसारपसार मिलेमतोमा हुनेगरेको बताउँछन ।कैलालीको श्रीलंका नाका को नजिकै बाट राजापुर को ईलाका सुरुहुन्छ । बर्दियाको ईलाका भएको हुनाले सामान ओसारपसार गर्दा जोडियको क्षेत्र भएपनि कैलाली प्रहरिले सामान नियन्त्रण मा लिन सक्दैनन । राजापुर भन्सार बोर्डर बाट ३ किलोमीटर पर रहेको छ ।
ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा लाई चोरीपैठारी बढ्दैछ स्थानीय बताउँछन भनेर प्रश्न गर्दा मालसामान ओसारपसार भएको आफुलाइ जानकारि नभएको बताउनुभयो । भारत तिकुनिया का मोहम्मद आरिफले तिकुनिया बाट मालसामान राजापुरको लागि जानेगरेको तर भन्सार बन्छ कि बन्दैन आफुलाइ जानकारि नभएको बताउनुभयो । गुलरिया भन्सारमा रहेका भन्सार अधिकृत मनोज बस्नेतले आफु सरुवा भएर आएको ३,४ दिन मात्रै भएकोले वास्तबिकता केहो भनेर बुझ्न समय लाग्ने बताउनुभयो। सिमामा रहेको सशस्त्र प्रहरी को बिओपि चुनावको लागि भनेर हटायको र हालसम्म पनि बिओपि नराखियको ले पनि तस्करी बढेको हुनसक्ने र मिलेमतो पनि हुनाले राजस्व न्युन उठेको देखियको छ । सिमा जहिले पनि संबेदनसिल हुने हुनाले ति ओसारपसार गरेको सामानमा हातहतियार, लागुऔसध पनि हुनसक्छन् भने अर्कोतिर राजस्व समेत नउठिरहेको हुनाले प्रसासन सजग हुन जरुरी देखिन्छ ।