किसानलाई आलुको बिउ

शेयेर गर्नुहोस


टीकापुर १७ कार्तिक /
टीकापुर नगरपालिका वडा नं. १ ले ६१ जना किसानलाई अनुदानमा कार्डिनल जातको आलुको बिउ वितरण गरेको छ ।
आलुको बीउ वितरण गर्दै वडा अध्यक्ष मोहन विकले किसानलाई मागका आधारमा जागरुक तथा आलु खेतीमा व्यवसायीक बन्न उत्साहित गर्नकालागि आलुको बीउ वितरण गरिएको बताएका छन् । उनले साना किसानहरुलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि किसानको मागको आधारमा १ कट्ठा देखि ५ कट्ठासम्म जग्गा भएका किसानलाई आलुको बीउ वितरण गरिएको बताए । आलुको बीउ वितरण गरी उत्पादन बढाई तरकारी खरिदमा हुने खर्च बचत गर्नमा सहयोग पुग्ने वडा अध्यक्ष मोहन विकले बताएका छन् ।
उनले आलुको बिउबाट किसानहरूले राम्रो उत्पादन गर्ने अपेक्षा गरेको बताउँदै आलु बालीमा समस्या भए कृषि प्राविधिकको सहयोग लिएर समस्या समाधान गर्दै वडाको लगानीको सदुपयोग गरिदिन समेत आग्रह समेत गरेका छन् ।
आलुको बीउ वितरण कार्यक्रमको स्वागत वडा सदस्य नरेश विकले गरेका थिए भने टीकापुर कृषि सेवा केन्द्रका प्रमुख मोतिसिह विकले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडासचिव चक्रबहादुर रावलले गरेका थिए ।
वडाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कृषि तर्फको कार्यक्रम अन्र्तगत साढे ३ लाखको बजेटमा कृषकहरुलाई अनुदानमा साढे ४५ क्वीनटल कार्डिलन जातको आलुको बीउ वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *