कृतिम अभ्यास कार्यक्रम

शेयेर गर्नुहोस

     
लक्ष्मण विक, भजनी २८ असार /
वडा स्तरीय बाढी सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम शुक्रबार भजनीमा सम्पन्न भएको छ ।
    मोफा जापान र वल्ड भिजन जापानको आर्थिक सहयोग तथा वल्ड भिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीको सम्वनयमा शुक्रबार भजनी नगरपालिका वडा नं. ५ लालभोझीमा कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
   कार्यक्रमको स्वागत तथा कार्यक्रम बारे जानकारी दिदै सामाजिक विकास लागि सचेत समाज (सिएसएसडी) धनगढीका मिल अधिकृत संजय चाैधरीले मोफा जापान, वल्ड भिजन जापान,  वल्ड भिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीले स्थानीय स्तरमा पालिकासँग सम्वन्य गरेर वडा स्तरमा काम गर्ने गरेको बताएका छन् । उनले यी संघसंस्थाहरुले विशेषगरी तीनवटा क्षेत्रमा काम गर्ने गरेको बताएको बताउँदै स्थानीय तहसँगको समन्वयमा रहेर स्थानीय सरकारको विपद सम्बन्धि नितिहरुमा टेकेर विभिन्न नितिहरुलाई अध्यावधिक गर्ने र कार्यान्वयनका लागि सहयोग गर्ने गरेको बताएका छन् ।
     कार्यक्रममा मिल अधिकृत चाैधरीले पालिकामा स्थानीय विपद व्यवस्थापन समिति, वडामा वडा स्तरीय विपद व्यवस्थापन समिति र समुदायमा समुदाय स्तरीय विपद व्यवस्थापन समितिसँग रहेर विपद सम्बन्धि कार्यहरु गर्दै आएको समेत बताएका छन् । उनले  विपदलाई मध्य नजर गर्दै समुदायको विपद सम्बन्धि क्षमता अभिवृद्धि गर्ने तथा उत्पादनशील समुदाय निर्माणका लागि जलवायु मैत्री   कृषि उत्पादनका लागि सहयोग र वित्तीय अनुशासनका लागि रुपान्तरण बचत समुहद्वारा काम गर्ने गरेको बताएका छन् ।
    कार्यक्रममा भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष केशब बहादुर बुढाले विपद्का घटना विपद्का दिनमा हुँदै आएको र त्यसको भुक्तभोगी वडा नं. ५ रहेको बताएका छन् । उनले बाढीबाट समुदायलाई बचाउन नसकिने बताउँदै पुर्वसुचना पाएको खण्डमा मानवीय क्षति हुनबाट बचाउन सकिने बताएका छन् । साथै उनले जब सम्म कान्द्रा नदीको तटीय क्षेत्र व्यवस्थीत गर्न सकिँदैन तब सम्म वढा बाढीबाट सुरक्षित गर्न नसकिने बताए ।
  त्यस्तै कार्यक्रममा सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) कार्यक्रम सहजकर्ता भुप्मणी दाहालले समय अभावले गर्दा अगाडि गर्ने पर्ने काम उद्वार गर्नु पर्ने समयमा नमुना अभ्यास गर्नु परेको बताउँदै भजनी नगरपालिका बाढीको उच्च जोखिममा रहेको बताएका छन् । उनले कृत्रिम घटना अभ्यासबाट बाढी आएको समयमा के-कस्ता काम गर्नु पर्छ भन्ने कुराको ज्ञान दिनको लागि कृत्रिम घटना अभ्यास गराउने गरेको बताए ।  “प्रकृतिसँग हामी कोही जुद्न सक्दै र जुद्नु पनि हुदैन ।” उनले भने “सके त्यसको न्युनीकरण खोज्ने न सके आफू बाच्न तिर लाग्ने ।” बाढी प्रकोपलाई हामी भजनी बासीले प्रत्येक्ष देखेको हुदा त्यसको सामना कसरी गर्ने विषयमा जानकार हुदन जरुरी रहेको समेत बताएका छन् ।
    नेपाल रेडक्रस सोसाइटी उपशाखा लालभोझी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, लालभोझी स्वास्थ्य चाैकी प्रमुख वडा सदस्यलगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन समाजिक परिचालक फागुराम चा‌ैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *