शेयेर गर्नुहोस
टीकापुर ०४ वैशाख /
सप्तऋषि माद्यामिक बिधालय टीकापुरले अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिधालयले शैक्षिकसत्र २०८२ को वार्षिक परिक्षाको नतिजा प्रकाशित गर्दै शैक्षिकसत्र २०८३ का लागि अभिभावकसँग आवश्यक सुझाव सहितको अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न गरेको हो । विद्यालयक सञ्चालक समिति अध्यक्ष दिनेश कुमार थापाको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रधानाध्यापक लिखराम चाैधरीले विद्यालयले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि सक्दो प्रयास गर्दै आएको बताएका छन् ।
उनले शैक्षिकसत्र २०८२ सालको कक्षा ८ मा पालिका स्तरीय वार्षिक परिक्षामा झण्डै ९५ प्रतिशत र कक्षा ५ को परिक्षामा शतप्रतिशत नतिजा बिद्यालयले हासिल गरेको जानकारी दिए । उनले विद्यालले यसै शैक्षिकसत्रबाट प्लेग्रुप देखि युकेजीसम्म बालबालिकालाई छुटै ब्ल्कमा राखेर खेल्दै सिक्दै कार्यक्रम मार्फत अध्यापन सुरु गरिने जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सिटिसी नेपालका प्रमुख प्रशिक्षक रवि किरणले विद्यालयले राम्रो नतिजा ल्याउनुमा शिक्षक विद्यार्थीसँगै अभिभावकहरुको भुमिका झन महत्त्वपूर्ण हुने बताएका छन् । उनले बालबालिकालाई अभिभावकको निगरानी र उसको आवश्यकतालाई बुझ्न सक्यो भने विद्यार्थीले मन लगाएर अध्ययन गर्ने उल्लेख गर्दै बिद्यार्थी, शिक्षक र अभिभावक शैक्षिक गुणस्तर बढाउन एकाअर्काको परिपुरक भएको बताए ।
विद्यालय नतिजा प्रकाशनको अवर पारी कक्षा प्रथम, दितिय र तृतीय आउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । विद्यालयका लेखा शाखा प्रमुख शिवराम चाैलागाई, जीव विज्ञान शिक्षक लक्ष्मण उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहप्रीन्सिपल शेखर कोइरालाले गरेका थिए ।










