कृषि बिज्ञान संकायको छुट्टै भवन हुने

शेयेर गर्नुहोस


टीकापुर २३ मंसिर /
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुरमा कृषि बिज्ञान संकायको भवन निर्माण हुने भएको छ ।
सुदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकायको डिन कार्यालय समेत रहेको टीकापुर बहुमुखी क्याम्पसमा संकायको प्रशासनिक तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन निर्माण हुन लागेको हो । शुक्रबार विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले भवनको भुमी पुजन गर्दै निर्माण कम्पनीलाई समयमै भवन निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । रजिस्ट्रार पाठकले कृषि तथा बिज्ञान संकायको छुट्टै भवन निर्माण भएपछि पठनपाठनमा झन सहज हुने विश्वास व्यक्त गरेका छन् ।
१४ करोड ३३ लाख ५० हजार पाँच सय ८८ रुपैयाँको लागतमा निर्माण हुनलागेको भवनको जिम्मा अभियान त्रीवेणी लाभा जेभीले पाएको छ । तीन तलाको हुनेछ भने ३० वटा कोठा रहनेछन् । २०७९ कार्तिक २१ गते भवन निर्माणका लागि सम्झौता भएबमोजिम निर्माण कम्पनीले भवनको काम १८ महिनामा सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने छ । निर्माण कम्पनीका शिवप्रसाद भण्डारीले भवन निर्माणका क्रममा कुनै बाधा र अड्चन नआएको खण्डमा सममै भवन निर्माणको काम सम्पन्न हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *