सप्ताह व्यापी कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २४ मंसिर /
टीकापुर जेसीज वर्ष २०२२ को सप्ताह व्यापी कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर १७ गतेबाट सुरु भएको सप्ताह व्यापी कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । समापन कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले जेसीज युवाहरुका लागि निकै महत्त्वपूर्ण संस्था थएको बताएका छन् । उनले युवाहरूलाई सहि मार्गमा डोर्‍याउनका लागि निकै ठूलो भुमिका खेलेको बताउँदै स्थानीय सरकारसँग जेसीजको समन्वय र सहकार्य हुने बताएका छन् । “टीकापुरलाई चिनाउनको लागि पनि जेसीजको भुमिका रहेको छ ।” वडा अध्यक्ष विकले भने, “जेसीजमा युवाहरूको सहभागितालाई जोड्न भने आवश्यक देखिन्छ ।”
टीकापुर जेसीज वर्ष २०२२ का अध्यक्ष टोप प्रकाश विकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष कमलराज सुवेदीले गरेका थिए भने आस्था पाठ लक्ष्मण विकले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मंगलबहादुर साउँदले गरेका थिए ।
समापन कार्यक्रम भन्दा पहिले टीकापुरका पत्रकार र जेसीजको मैत्रीपुर्ण फुटबल प्रतियोगिता र लागूऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो । जनक विष्टको संयोजकत्वमामा भएको मैत्रीपुर्ण फुटबलमा जेसीज विजयी भएको थियो । जेसीजले ७ सात गोल हान्दा पत्रकारले दुई गोल फर्काएका थिए । त्यतै प्रकाश खत्रीको संयोजनमा लागुऔषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *