शेयेर गर्नुहोस
टीकापुर १९ असार /
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्तीमा परेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको हो । मुख्यमन्त्री कार्यालयले वनमन्त्री चौधरीलाई मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको पुष्टि गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालय आफैँसँग राखेका छन् । केही दिनअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए । तर, नागरिक उन्मुक्ति पार्टी बाट गत जेठ ४ मा मन्त्री बनेका चौधरी अटेर गर्दै बर्खास्त गरेर देखाउन चुनौती समेत दिँदै आएका थिए ।
कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग चौधरीको नाम मुछिएको थियो । उक्त प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ८ की सुशीला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उन्मुक्तिबाट तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि पार्टीमा चर्को विवादका बाबजुद चौधरीलाई मन्त्रीको लागि पठाएको थियो