कैलालीका स्थानीय तहको समन्वय बैठक सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी १४ मंसिर/
कैलालीका १३ वटै स्थानीय तहको समन्वय बैठक आइतबार कैलारी गाउँपालिकाको कोइलहीमा सम्पन्न भएको छ । 
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको समन्वय बैठकमा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले ढुङ्गा, गिट्टी, बालुवा संकलन, छाडा पशु चौपाया व्यवस्थापन, लागुऔषध दुव्र्यशनको रोकथामका बारेमा बैठकमा छलफ गरिएको बताएका छन । यसैगरी, छलफलमा प्रदेश सभा सदस्यहरुका स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका बजेट व्यापक रुपमा दुरुपयोग हुने गरेको निष्कर्ष बैठकले निकालिएको थापाले जानकारी दिए । सो बजेट अधिकतम रुपमा सदुपयोग हुनु पर्ने र त्यसका लागि के–के गर्न आवश्यक छ, भन्ने विषयमा गम्भीर रुपमा छलफल भएको थापाले बताएका छ्न  
कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले हालसम्म जनतालाई दिदैं आएका सेवाहरु यथावत राख्ने निर्णय गरिएको बताउदै थापाले क्वारेन्टाइन व्यवस्थापनका सवालमा पनि बैठकमा छलफल गरिएको बताएका छन। 
जिल्ला समन्वय समितिको संयोजनमा विभिन्न समयमा विभिन्न स्थानीय तहमा आलोपालो गरी समन्वय बैठक हुँदै आएको छ । कोइलहीमा भएको बैठकको सञ्चालन कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी यगम कलेलले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *