गुणस्तरीय शिक्षा बिना समृद्धि असम्भव : अर्थमन्त्री बोहरा

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम १४ मंसिर /
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले गुणस्तरीय शिक्षा बिना समृद्धि सम्भव नभएको बताएका छन।
अछामको मेल्लेख गाउँपालिका वडा नं. ४ कुष्कोटको कुयडा स्थित आदर्श आधारभूत बिद्यालय को नवनिर्मित २ कोठे भवनको उद्घघाटन गर्दै मन्त्री बोहराले हरेक बिध्यार्थीहरु लाई गुणस्तरीय शिक्षा प्रदान गराउनको लागि शिक्षक र अबिभाबकको महत्त्वपूर्ण भुमिका रहने कुरा उल्लेख गर्दै गुणस्तरीय शिक्षाले नै समृद्धिको बाटो तय गर्ने बताएका छ।
उनले अछाम जिल्लाको समग्र शिक्षाको बिकासका लागि आफुले निरन्तर रुपमा पहल गर्दै आईरहेको उल्लेख गर्दै गुणस्तरीय र प्राबिधिक शिक्षा प्रदान गराउनको लागि पहल गरिने बताएका छन।
साथै हरेक बिकास निर्माणका कार्यहरुमा पनि शुदुपश्चिम प्रदेश अगाडि रहेको मन्त्री बोहराले बिकास र समृद्धिकाको परिणाम बिस्तारै देखिदै जाने बताएका छन।
अछाममा प्रदेश सरकारको लगानीमा निर्माण भैइरहेका योजनाहरु पनि दिगो र पारदर्शी रुपमा गर्न समेत निर्देशन दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *