शेयेर गर्नुहोस
टीकापुर १४ असार/
यस वर्षको एसईईको नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका छन्।
२०८० सालको एसईई परीक्षामा १८ हजार ६० जना विद्यार्थी सहभागी भएकोमा पाँच हजार चार सय २८ जना बिद्यार्थी मात्रै उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जानकारी दिएको छ। शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रतापसिंह धामीले दिएको जानकारी अनुसार उनीहरु मध्ये चार जनाले ४ जिपीए प्राप्त गरेको छन् ।
तीन सय ३४ जनाले ३ दशमलव ६ देखि ४ जिपीए, एक हजार दुई सय ९९ जनाले ३ दशमलव २ देखि ३ दशमलव ५९ जिपीए, दुई हजार ९३ जनाले २ दशमलव ८ देखि ३ दशमलव १९ जिपीए, एक हजार पाँच सय १९ जनाले २ दशमलव ४० देखि २ दशमलव ७९ जिपीए र एक सय ८३ जनाले २ दशमलव ०१ देखि २ दशमलव ३९ जिपीए प्राप्त गरेको धामीले बताएका छन् । कैलालीमा पाँच हजार ५० जनाले भने ग्रेड सुधार परीक्षा दिन पाउने भएका छन् ।
त्यस्तै टीकापुर स्थित वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालयले चार जिपिए ल्याएका छन् । त्यस्तै गोदावरी नगरपालिका वडा नं. २ मा रहेका दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय तथा सत्यवती एकेडेमीका एक/एक जना विद्यार्थीले चार जीपीए अंक प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ । वीरेन्द्रका हेमन्त बहादुर साउँद, दुर्गालक्ष्मीकी निकिता अवस्थी,सैनीक आवासिय महाविद्यालयका विकास रावत,सत्यवतीका निर्मल ठगुन्नाले ४ जिपीए सहित एसईई उत्तिण गरेका हुन् ।
देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार चार ४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार चार १० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार चार सय १० जनाले ननग्रेड ल्याएका छन्। प्रदेशबाट परीक्षामा सहभागि ५३ हजार ४ सय ४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन्।