कोरोना रोगथाम तथा प्रतिकार्य कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

खेम राज पाण्डेय , भजनी ११ भदौ /
कैलालीको भजनीमा कोभिड १९को रोगथाम तथा प्रतिकार्य कार्यक्रम नगर स्तरीय खोप समन्वय समिति लाई कोभिड १९ खोप सम्बन्धी तालिम सम्पन्न भएको छ।उक्त कार्यक्रम भजनी नगर प्रमुख शेर बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथी वडा अध्यक्ष पंकज चौधरी, दुर्गा पुन ,अमर कठरिया , श्रीकृष्ण चौधरी,केशब बुढा, वाड सदस्य ,राजु विक, थम्मन चौधरी, cssd संस्थाका बल बहादुर सिलाधर,सुरक्षाकर्मी, स्वास्थ्कर्मी,लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।भजनी नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको केयर नेपाल र सामाजिक विकासका लागि सचेत समाज धनगढीको संयुक्त आयोजनामा भएको थियो।कार्यक्रम बोल्दै नगर प्रमुखले कोरोना तेस्रो लहरमा अनिवार्य रुपमा माक्स प्रयोग तथा सामाजिक कायम राख्न आग्रह गर्नु भएको छ । कोभिड १९ को रोगथाम र नियन्त्रणका लागी बिभिन्न चरणमा खोप अभियान संचालन गर्ने क्रममा भजनी नगरपालीका अन्तर्गत कोभिड १९ विरुद्व को खोप पहिलो र दोस्रो गरी भजनी क्षेत्रमा १२६२३ जनाले कोभिड १९ विरुद्वको खोप लगाई सकेका छन्।कार्यक्रमको सहजीकरण भजनी स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी र cssd का प्रेम सिंह तिरुवा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *