को बन्दैछ्न प्रदेशमा मन्त्री ?

शेयेर गर्नुहोस


टीकापुर २१ साउन /
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ । मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।
बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन् ।
त्यसैगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेकपा एमालेले टुङ्गो लगाएको छ । एमाले संसदीय दलको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रीमा वीर बहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका हिरा सार्कीलाई पठाउने निर्णय गरेको छ । यी तीनै जना मन्त्री यस अघिको सरकारमा पनि सहभागी भएका थिए ।
थोरै समय मन्त्री भएको तीनै जनालाई एमालेले फेरि अवसर दिएको हो । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदलाई पठाउने भएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *