शेयेर गर्नुहोस
समाधान समाचार, असार ०६ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ नेपाली काङ्ग्रेसले क्रियाशिल सदस्यताका लागि नाम सिफारिस गरेकाहरुले आफुहरुलाई थाहै नदिएर नाम सिफारिस गरिएको भन्दै असार ४ गते बिज्ञापति जारी गरे । तर त्यो बिज्ञापति जारी भएको २४ घण्टा नबित्तै अर्को बिज्ञापती जारी भयो । जहाँ आफुहरुले स्वस्फूर्त रुपमा नाम दिएको भन्दै ११ जनाको हस्ताक्षर रहेको थियो । तर त्यो हस्ताक्षर किर्ते भएको पाइएको छ ।
आइतबार तिनै बिज्ञाप्तिमा नाम उल्लेख भएकाहरुले पत्रकार सम्मेलनमा आफुहरुलाई कोरो कागजमा हस्ताक्षर गराएर त्यस्लाई बिज्ञाप्ति बनाइएको उनिहरुले आरोप लगाएका छन । दुबै बिज्ञाप्तिमा हस्ताक्षर गरेकी राधा नेपालीले आपत्ति जानाएको बिज्ञाप्तिमा आफुले हस्ताक्षर गरेको भएपनि पछिल्लो दिन निस्केको बिज्ञाप्तिमा आफुले चाहेर हस्ताक्षर नगरेको बताएकी छन । “शेरबहादुर साउद आफ्नो राजनिती धरापमा परेको भन्दै भेट्न आउनुभएको थियो । उहाँले आफ्नो राजनिती धरापमा नपार्न आग्रह गर्दै कोरो कागजमा नाम लेखेर हस्ताक्षर गर्न आग्रह गरेपछि मैले हस्ताक्षर गरेकी हु ।” राधाले भनिन, ” पहिला मलाई क्रियाशिल सदस्यता लिनका लागि आग्रह उहाँले गर्नु भएको थियो । मैले इन्कार गरेकी थिए ।”
त्यस्तै मनिषा साउदले क्रियाशिल सदस्यताका लागि भनेको भनेपनी आफुले कुनै पार्टीमा नलाग्ने भन्दै जवाफ दिएको बताउदै सदस्यता लिए बैंकमा जागिर दिने आश्वासन समेत आएको बताएकी छन । उनले पहिलो बिज्ञाप्तिमा आफुले हस्ताक्षर नगरेको बताएकी छन । उनले आफ्नो शेरबहादुर साउदसंग भेटनै नभएको बताउदै बिज्ञाप्तिमा किर्ते हस्ताक्षर भएको बताएकी छन ।
रेखा नेपालीले भने आफू द्वन्द्वकाल देखिनै माओवादीमै रहेको बताउदै अरुको चरीत्र हत्या हुनेगरी मनोगत रुपमा आफुहरुको नाम सिफारिस गरेको बताएकी छन । उनले राती ८ बजे खाली कागज ल्याएर आएपछि धेरै अनय बिनय गरेपछी हस्ताक्षर गरेको बताउदै आपत्ति जनाएकी छन ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका टीकापुर नगर कमिटीका सचीव दीर्घबहादुर ठकुल्लाले प्रेस बिज्ञाप्ति निकाल्दा पहिला हस्ताक्षर लिएर पछि त्यसको माथी लेख्ने काम भएको बताउदै यस्ता अनावश्यक काम गरेर समाजलाई अराजक तर्फ नलिन आग्रह गरेका छन । उनले जानकारी नै नदिएर खाली काजमा हस्ताक्षर गराएर पछि त्यसको माथिबाट बिज्ञाप्ति बनाएको बन्दै जबर्जस्ती गर्दैमा चाहेको पूरा हुन नसक्ने बताएका छन ।