क्षेत्रीय सभापतिमा कस्ले मार्ला बाजी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०७ मंसिर /
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि कैलाली क्षेत्र नं. १ मा भुवनेश्वर अधिकारी र प्रकाश शाहले उम्मेदवारी दिएका छन् ।
निवर्तमान क्षेत्रीय सभापति रहेका अधिकारी र प्रदेश “ख” का सभापति रहेका शाहको प्यानल नै चुनावी मैदानमा देखिएको छ । १४ औं महाधिवेशनमा यी दुई प्यानल बिचको आन्तरिक विवाद सतहमै पुगेका बेला क्षेत्रीय पदाधिकारी र केन्द्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि आज हुने निर्वाचनलाई महत्त्वपूर्ण तवरले हेरिएको छ ।
नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति तथा १४ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिका उम्मेदवार भुवनेश्वर अधिकारीले आफ्नो पहिलो कार्यकालमा बाकी रहेका केही कुराहरुलाई पूरा गर्दै पार्टीलाई विधि र सिद्धान्तको बाटोमा डोर्‍याउनकै लागि उम्मेदवारी दिएको बताएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा पार्टीको भवन निर्माण र आर्थिक सुशासनको पाटोमा काम गर्ने भनेको र त्यो आफ्नो कार्यकालमा पूरा गरेको बताउँदै अधिकारीले अब सांगठनिक रुपमा पार्टीलाई मजबुत बनाउन लगाएतका केही कामहरू गर्न बाकी रहेका कारण उम्मेदवारी दिनुपरेको बताएका छन् ।
“पार्टीका सबै नेता, कार्यकर्ताहरुकै आग्रहमा मैले सभापतिमा उम्मेदवारी दिएको हु । सबैले तपाईको नेतृत्वले क्षेत्र नं. १ मा काँग्रेसलाई मजबुत बनाउन सकिन्छ भन्ने सुझाव र सल्लाह अनुसार नै उम्मेदवारी अगाडि सारेको हु ।” अधिकारीले भने, “हामी पार्टीको विधि र सिद्धान्तलाई संस्थागत गर्दै अगाडि बढ्न चाहान्छौँ र बढ्छौँ पनि । कसैले चिल्ला कुरा गर्दैमा पार्टीलाई संस्थागत र सुदृढ गर्न सकिन्छ भन्ने भ्रम नेता तथा कार्यकर्तामा पर्नु हुँदैन ।”
क्षेत्रीय सभापतिका अर्का उम्मेदवार प्रकाश शाहले काँग्रेस भित्रको एकल एकल वाद र एकलौटी ढंगबाट पार्टीलाई लैजाने बिगतका नेतृत्वहरुको विरुद्धमा र पार्टीलाई एक ढिक्का बनाएर विधि र बिधानलाई संस्थागत गर्नकै लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले पार्टीको नेतृत्व तहमा रहेर सामाजिक सञ्जाल मनलाग्दी अभिव्यक्ति दिनुले पनि पार्टी भित्रको जिम्मेवारीपनलाई बुझ्न सकिने बताउँदै त्यस्ता सबै कुण्ठाहरुलाई समाप्त पार्नको लागि पार्टीमा युवाहरूको भुमिका महत्त्वपूर्ण हुने भएकै कारण प्यानल सहित निर्वाचनमा होमिएको बताएका छन् । “नेपाली काँग्रेसमा नेतृत्वको लागि आज मात्रै होइन हिजो देखि नै लोकतान्त्रिक पद्धतिको कार्यान्वयन हुँदै आएको छ । त्यहीँ पद्धतिलाई अहिले पनि हामिले आत्मसात गरेका छौ ।” शाहले भने, “पार्टीको निर्वाचनमा पराजित हुँदैमा आत्तिनु पर्ने कुनै कारण छैन । त्यसैलाई साथिहरुले इगोको रुपमा लिनु पनि राम्रो होइन ।”

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *