नगरपालिकाको कर सप्ताहमा १४ जना सम्मानित

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ मंसिर /
दशौँ राष्ट्रिय कर दिवस अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिकाको आयोजनामा मंसिर १ गतेदेखि सुरु भएकोदशौँ राष्ट्रिय कर दिवस अन्तर्गतको सप्ताहव्यापी कार्यक्रम असल करदाता सम्मानसँगै समापन गरिएको हो । नगरपालिकालाई समयमै कर तिरेका विभिन्न व्यवसायीहरुलाई सम्मान पत्र सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा आर्थिक वर्ष २०७७/०७८ मा वडा नं.१ मा सबैभन्दा बढी घर बहाल कर तिर्ने ब्याक्तीमा मुक्तिधरा शर्मा, नियमित घर बहाल कर तिर्ने संस्थामा नेपाल एस. बी. आई. बैंक टीकापुर शाखा, नियमित सटर भाडा बुझाउनेमा गोईजिहार मेडिकल, सबैभन्दा बढी घर नक्शा पास दस्तुर बुझाउनेमा कृष्ण प्रसाद उपाध्याय, कर संकलनमा असल काम गर्ने कर्मचारीमा जमुना कुमारी बिष्ट र नियमित कर बुझाउनेमा गंगाराम चपाई रहेका छन् ।
वडा नं. २ अन्तर्गत सबैभन्दा बढी कर बुझाउनेमा सुशील कुमार सिंह, वडा नं. ३ मा समयमै कर बुझाउनेमा सन्तोष कुमार चौधरी, वडा नं. ४ बाट समयमा नियमित कर बुझाउनेमा पदम सिंह बम राष्ट्रिय कर सप्ताहव्यापी कार्यक्रममा सम्मानित भएका छन् । त्यसैगरी वडा नं. ५ मा समयमा र नियमित कर बुझाउनेमा लाहु थारु, वडा नं. ६ बाट सुन्दर चौधरी, वडा नं. ७ बाट कर्म कुमारी कुवँर, वडा नं.८ बाट भौना चौधरी थारु र वडा नं.९ बाट गगन सिंह ओड सम्मानित भएका छन् ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीको अध्यक्षतामा भएको कर सप्ताहव्यापी कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावले कर बाध्यताले नभई रहरले तिर्न आवश्यक रहेको बताएका छन् । उनले विकास, समृद्धि र सुशासनसँग कर जोडिएको बताउँदै नगरपालिकाको आन्तरिक स्रोतकै कारण सोचेजस्तो विकास हुन नसकेको बताएका छन् । “टीकापुर नगरपालिकाको आन्तरिक स्रोत छ करोड छ । त्यहीँ छ करोडले समग्र टीकापुरको कति विकास हुनसक्छ ?” नगर प्रमुख रावलले भने, “हामिले करको दायरा बढाउन नसक्ने हो भने आगामी दिनहरुमा प्रदेश तथा संघीय सरकारबाट आउने अनुदानमा समेत कटौती हुने निश्चित छ ।”
सम्मानित हुनेहरू मध्येबाट असल करदाताको तर्फबाट बोल्दै गंगाराम चपाईले अहिलेको परिवेशमा कर रहरले भन्दा बाध्यताले कर बुझाउने गरेको बताएका छन् । उनले कारोबार गर्दा खुसीले कर तिर्नुपर्ने बताउँदै नागरिकहरुले तिरेको करको सहि सदुपयोग हुन आवश्यक रहेको बताएका छन् ।
नगरपालिकाकी सुचना शाखा प्रमुख अमृता रावलले सञ्चालन गरेको कार्यक्रमको स्वागत लेखा शाखा प्रमुख लक्ष्मी वडले गरेकी थिइन भने, सप्ताहव्यापी कार्यक्रमको प्रगति प्रतिवेदन राजस्व शाखामा कार्यरत दिला कुमारी जोशी रेग्मीले प्रस्तुत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *