क्षेत्र “घ” सम्मेलनका लागि सचिवालय उद्घाटन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ असार /

नेपाल जेसिजको आयोजना तथा टीकापुर जेसिजको आतिथ्यतामा आगामी भदौ २४ र २५ गते टीकापुरमा हुने क्षेत्र ‘घ’ सम्मेलनका लागि टीकापुरमा सचिवालयको एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ए को लक्ष्मीप्रसाद देवकोटा चोक नजिकै रहेको सचिवालयको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले रिबन काटेर समुद्घाटन गरेका हुन् । सचिवालयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले टीकापुर क्षेत्रमा एक हजार बढी पाहुना आउने गरी हुने कार्यक्रमले टीकापुरका विभिन्न क्षेत्रको प्रबद्र्धन हुने बताउँदै त्यस्लाई सफलतापुर्बक सम्पन्न गर्नका लागि सबैले साथ दिनु पर्ने बताएका छन् । ‘टीकापुरको व्यावसायिक, पर्यटकीय र साँस्कृतिक क्षेत्रको प्रबद्र्धन हुने गरी यो कार्यक्रम हुन गइरहेको छ । यसमा सम्पुर्ण नगरबासीले सहयोग गर्नुपर्दछ ।’ नगर प्रमुख थारुले भने “यो सम्मेलन टीकापुरकै लागि गौरवको कुरा हो । यसलाई टीकापुरको पर्यटनसँग जोडेर लिन सकिन्छ ।”
टीकापुर विविधताको धनी भएको उल्लेख गर्दै नगर प्रमुख थारुले यस क्षेत्रका सामाजिक अवस्थाबारे समेत देशभर सन्देश जाने बताएका छन् । ‘टीकापुरमा विभिन्न विचारका मान्छेहरु छन्, यसको बारेमा केही भ्रमहरु छरिएका छन’ उनले भने ‘ती तमाम युवाहरुका माध्यमबाट क्षेत्र ‘घ’ सम्मेलनले यहाँको वास्तविकता बुझ्ने छन् । र टीकापुरको प्रचारप्रसार हुनुको साथै टीकापुरलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने छ ।” उनले २०७२ को टीकापुर घटनापछि यस क्षेत्रका बारेमा नकारात्मक सन्देश गएको प्रति इंगित गरेका थिए ।
टीकापुर जेसिजका अध्यक्ष टोपप्रकाश वि.क.ले दिएको जानकारी अनुसार सम्मेलनमा नवपरासीदेखि पश्चिमसम्मका जेसिजका ५५ शाखाका जेसिजहरु सहभागी हुनेछन् । नेपाल जेसिजका बोर्ड पदाधिकारी, अन्य क्षेत्रका पदाधिकारी समेत गरी एक हजार बढीको सहभागिता हुनेछ । ‘दुई दिनको अवधिमा यस क्षेत्रमा झण्डै दुई करोड बढीको आर्थिक कारोवार हुने, स्मारिका प्रकाशन गरेर यस क्षेत्रका विविध सम्भावनाको प्रचार प्रसार गर्ने लक्ष्य छ । अध्यक्ष वि.क.ले भने ‘पर्यटकीय क्षेत्रको भ्रमण, दुई दिनसम्म मोटिभेसनल कक्षाहरु सञ्चालन तथा कला, संस्कृति र भेषभुषाको प्रर्बद्धन हुने विश्वास लिएका छौं ।’
अध्यक्ष वि.क.का अनुसार क्षेत्र ‘घ’ सम्मेलनका लागि तयारी तिब्र रुपमा थालिएको छ । यसअघि सन् २००२ मा टीकापुर जेसिजले क्षेत्र ‘घ’ सम्मेलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *