खप्तडको नित्य तारा सुरु

शेयेर गर्नुहोस


टीकापुर २५ जेठ /
खप्तड सास्कृतिक परिवारको आयोजनामा खप्तड नृत्य तारा २०८२ सुरु भएको छ ।
शनिवारबाट सुरु भएको उक्त डान्स प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले संस्कृति बचे मात्रै राष्ट्र बच्ने बताउँदै त्यसमा सबैले लाग्नुपर्ने बताएका छन् । “हामी कला, संस्कृतिले निकै धनी छौँ । त्यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको दायित्व हो ।” उनले भने, “यस्ता प्रतियोगिताले लुकेर बसेका प्रतिभालाई उजागर गर्नुका साथै उनीहरूको भविष्यलाई जीवन्त पार्ने काम पनि गरेको हुन्छ ।”
उनले आफ्नो मौलिकता र पहिचान झल्किने खालका कार्यक्रमहरुमा नगरपालिकाको सधै साथ र सहयोग रहने पनि बताएका छन् । झन्डै ३० वटा बिधालयबाट प्रारम्भिक चरणमा छनोट भएका करिब तीन सय जना प्रथम चरणमा सहभागी भएको बताइएको छ ।
खप्तड सांस्कृतिक परिवारका अध्यक्ष नवराज रिमालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष झनकराज तिमिल्सिनाले गरेका थिए भने सञ्चालन महासचिव भक्तराज देवकोटाले गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार नगद सहितको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *