खप्तड नृत्य ताराको आज फाइनल

शेयेर गर्नुहोस

टीकापुर ०७ असार /
खप्तड साँस्कृतिक परिवारको आयोजनामा भैरहेको खप्तड नृत्य ताराको फाइनल हुने भएको छ ।
खप्तड साँस्कृतिक परिवारका महासचिव भक्तराज देवकोटाले दिएको जानकारी अनुसार आज ११ बजेबाट टीकापुर स्थित सिटी हलमा नृत्य प्रतियोगिताको फाइनल हुने भएको हो । विभिन्न चरण पार गरेर फाइनलका लागि स्थान बनाएका २५ जना प्रतियोगीहरुले फाइनलमा भाग लिने छन् ।
प्रतियोगिताको फाइनलमा आज गायक चक्र बम, नृत्य निर्देशक शंकर विसी सहभागी हुने बताइएको छ । प्रतियोगितामा बिजेताले ५० हजार नगद सहितको पुरस्कार प्राप्त गर्नेछ । भने प्रतियोगिताको दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले पनि नगद सहितको पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *