शेयेर गर्नुहोस
समाधान समाचार ,टीकापुर ८ चैत्र /
टीकापुर नगर पालिका वडा नं. १ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि संकास्पद बस्तु फेला परेको छ ।
खाद्य गोदाम रोडमा नाला निर्माणका लागि स्काइभेटरले खन्ने क्रममा सकेट बम फेला परेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले दिएको जानकारी अनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो । आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको हुनाले सकेट बम हुन सक्ने आसंका निरीक्षक बमले बताए । ।
नेपाल खाद्य संस्थानको गोदाम घर जाने कल्भर्टकै छेउमा बम फेला परेको हो । बम डिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको निरीक्षक बमले बताए । घटनास्थल वरपर नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । घटनास्थल सिल गरिएको बताइएको छ ।