कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु २९ घाइते

शेयेर गर्नुहोस


समाधान समाचार , टीकापुर ८चैत/

कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने २९ घाइते भएका ।
पुर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालीका वडा नं. ५ डोकेबजारमा पश्चिम बाट पुर्व जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालीका यातायातको बस तिब्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराका अनुसार तिब्र गतिमा रहेको वस अर्को सवारी साधनलाइ ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाको पहिचान नखुलेको बोहराले बताउनुभयो ।
अहिले घाइते हरुको उद्धार गर्ने कार्य जारी रहेको र घाइतेहरुलाइ सुखड स्थित घोडाघोडि अस्पतालमा उपचार भैरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *