गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरे पत्रकार बिसीलाई आर्थिक सहयोग

शेयेर गर्नुहोस

समाधान समाचार

अछाम २७ साउन/ रामारोशन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले पत्रकार ध्रुव बिसीको उपचारका लागि भन्दै आर्थिक सहयोग गरेका छन् ।
गाउँपालिकामा कार्यरत २३ जना कर्मचारी, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले संयुक्त रुपमा पत्रकार बिसीलाई ९४ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले ३० हजार रुपैयाँ, उपाध्यक्ष सरस्वती रावलले १० हजार रुपैयाँ, निमित्त प्रशासकीय अधिकृत राम–बहादुर भण्डारीले १० हजार रुपैयाँ, लेखा अधिकृत झनकप्रसाद न्यौपानेले ८ हजार रुपैयाँ र अन्य गाउँ–पालिकाका कार्यरत कर्मचारीहरुले स्वेच्छाले सकेजति पत्रकार बिसीलाई सहयोग गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकत भण्डारीले बताएका छन् । उनले गाउँपालिकाका
अध्यक्ष, उपाध्यक्ष लगायत कार्यरत कर्मचारीहरुले आफूले सकेजति पत्रकार बिसीको उपचारका लागि आर्थिक सहयोग गरेको बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *