शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १० असार /
जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाको बिहीबार बसेको आठौं गाउँसभामा अध्यक्ष चित्रबहादुर चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रमले स्वाथ्य, शिक्षा, कृषी तथा पशुपालनलाई प्राथमिकता दिएको छ । जोशीपुर गाउँपालिकाको प्रमुख आधारको रुपमा रहेको कृषी क्षेत्रको सुधारका लागि कृषीमा विविधीकरण, व्यवसायीकरण, आधुनीकीकरणमा जोड दिने कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख गरीएको छ । अण्डा, मासु र दुधमा आत्मनिर्भर हुन पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिने नीति पनि गाउँपालिकाले लिएको छ । स्थानीय स्तरमा उद्यमी बनाउन उद्यमशिलतामा जोड दिई आवश्यक नीतिगत तथा प्रशासनीक योजना ल्याउने नीतिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले शिक्षाको शैक्षिक गुणस्तर कायम गर्न सामुदायिक विद्यालय तथा शिक्षक लक्षित दण्ड र पुरस्कारको नीति अवलम्बन गर्ने नीतिमा उल्लेख गरिएको छ । गाउँपालिकाले गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाई भैष्टाचारमूक्त, सुशासनयूक्त र सूचना मैत्री गाउँपालिका बनाईने नीति लिइने बताइएको छ । गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई जस्ता आधारभूत सेवामा सबैको समतामूलक पहँच हुनेगरी कार्यक्रम सञ्चालन गरिने, बाल अधिकार तथा महिला अधिकार संरक्षण र समाजमा रहेका विभिन्न कुरिती, कुसस्कारको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, लैङ्गिक उत्तरदायि वजेटको अवधारणलाई कार्यान्वयन गर्ने गाउँपालिकाले नीति लिएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाबाट पारित समेत भएको छ ।