गुटबन्दीले सकारात्मक परिणाम दिँदैन : भट्ट

शेयेर गर्नुहोस


टीकापुर २३ चैत /
नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गुटबन्दीले सकारात्मक परिणाम नदिने बताउनुभएको छ ।
नेकपा एमालेको ग्राहसरुट अभियानको समिक्षा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले ब्याक्तिगत रुपमा धेरैका भावना मिल्न नसक्ने भन्दै ब्याक्तित्व भावना नमिल्दैमा गुटको राजनीति गर्नुले सकारात्मक परिणाम ल्याउन नसक्ने बताउनुभएको हो । “पार्टी संगठन पनि एउटा परिवार हो । त्यो परिवार भित्र सबैका मन एउटै होलान भन्ने हुँदैन ।” भट्टले भन्नुभयो, “हाम्रो गन्तव्य एउटै हो भने ती मनलाई एउटै बाटोमा डोर्‍याउन जरुरी हुन्छ । अनिमात्र हाम्रो परिवार सफल र सक्षम भएको मान्न सकिन्छ ।”
ग्राहसरुट अभियानले पार्टीलाई सुदृढीकरण गर्नमा ठूलो मद्दत पुगेको बताउँदै सबै बर्ग, समुदाय र नागरिकहरूको पार्टी एमाले बन्नेमा कुनै शंका नगर्न पनि आग्रह गर्नुभयो । उहाँले पार्टीलाई सुदृढीकरण गर्नका लागि नेता कार्यकर्तालाई सुदृढ बनाउन जरुरी रहेको बताउनुभएको छ । “हामीले एकाअर्कालाई राम्रोसँग बुझ्न जरुरी छ । सामान्य तिक्तताहरुलाई मनमा राखेर बिद्रोह गर्दैमा कोहि हुँदैन ।” भट्ट भन्नुहुन्छ, “खासमा त आलोचनालाई पचाउन सक्ने ब्याक्ती नै असल ब्याक्ती हो ।”
कार्यक्रममा पार्टीकी पोलिटव्युरो सदस्य निरुदेवी पालले पार्टीलाई बनाउनको लागि सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले देशको आमूल परिवर्तनका लागि नेकपा एमाले भन्दा अरुको विकल्प नरहेको बताउँदै त्यो जनतालाई राम्रोसँग थाहा भएको बताउनुभयो ।
नेकपा एमाले टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको संयुक्त आयोजनामा भएको मिसन ग्रासरुट समिक्षा तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षता टीकापुरका नगर अध्यक्ष ध्रुव खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *