गुडिमुन्टे गाइजात्रा स्थगित

शेयेर गर्नुहोस


टीकापुर १२ भदौ /
भदौ १३ गते आयोजना गर्ने भनिएको गुडिमुन्टे गाइजात्रा २०८३ अनिश्चितकालका लागि स्थगित भएको छ ।
सिर्जनशील युवा समाज नेपालको आयोजनामा टीकापुर भानुचोक स्थित कान्छी बजारमा हुने भनिएको गुडिमुन्टे गाइजात्रा २०८३ अर्को सुचना नभएसम्मका लागि स्थगित भएको हो । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको अप्रत्याशित धनजनको क्षतिले देश दुखिरहेको बेला गाइजात्रा कार्यक्रम गर्न उचित नहुने भन्दै स्थगित गरिएको कार्यक्रम संयोजक तथा सिर्जनशील युवा समाज नेपालका सचीव राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।
“देश संकटमा परेको बेला हामीले आयोजना गर्ने कार्यक्रम सान्दर्भिक नहुने देखेपछि स्थगित गर्नुपरेको हो ।” उनले भने, “अर्को सुचना नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको छ । अर्को सुचना आएपछि कार्यक्रम गर्ने वा के गर्ने भन्ने थाहा हुनेछ ।” उनले यो संकटको घडीमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय र सहकार्यमा जुट्नुपर्ने बताए ।
उनले कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्ण सहयोगी दातालाई धन्यवाद दिँदै सहयोग रकम अनावश्यक कार्यमा खर्च नहुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बर्सेनि गाइजात्राको अवसरमा गुडिमुन्टे समुहले टीकापुरका हास्य व्याङ्ग्य प्रहसन सहितको बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको थियो । कोरोना संक्रमणका पछि पहिलोपटक चौथो संस्करण रुपमा गुडिमुन्टे गाइजात्रा हुन लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *