गुरुवा समुदायलाई सामाग्री हस्तान्तरण

शेयेर गर्नुहोस


दिपक संगम विसि, २२ फागुन /
कैलालीकाे जानकी गाउँपालिका वडा नम्बर ७ ले गुरूवा समुदायलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ।

उक्त वडाका ओखलपुर,टिकुलिगढ ,लट्कनिया टोलमा रहेको गुरूवा समाजलाई आवश्यक पर्ने धार्मिक सामाग्री वडा अध्यक्ष कमल महतोले हस्तान्तरण गरिएको हो।

बिज्ञापन

परम्परात देखि धार्मिक विश्वास मान्दै आएका उक्त समुदायका मानिसहरूलाई कुनै पनि धार्मिक कार्यक्रम गर्दा समस्या भएकोले उक्त सामाग्री हस्तान्तरण गरेको अध्यक्ष महतोले बताए । उक्त समुदायलाई दफ दुई वटा, मन्जिरा चारवटा, कुर्सी १२ वटा हस्तान्तरण गरेकाे अध्यक्ष महतोले बताए । यसका साथै मादल सहि अन्य सामाग्री पनि उपलब्ध गराउने अध्यक्ष महतोले बताए ।

थारू समुदायले परम्परागत रूपमा मान्दै र वर्षमा नयाँ नयाँ गूरूवा पनि बनाउने चलन रहेको गूरूवा समाजका अध्यक्ष फुलराम डगाैरा थारूले बताए । सार्वजनिक तथा धार्मिक कार्यक्रमको लागि पनि उक्त सामाग्री प्रयोग गर्न सकिने अध्यक्ष थारूले बताए ।

उक्त सामाग्री हस्तान्तरणकाे कार्यक्रममा बाेल्दै वडा अध्यक्ष महतोले वडाको समग्र क्षेत्रको विकासका निरन्तररूपमा लागि रहेको बताए । अहिले वडाको आफ्नो वडा कार्यालय नभएको र बनाउनका लागि उचित पाएक पर्ने स्थानलाई रोजि वडा कार्यालय बनाउने तयारिमा रहेको बताए । वर्तमान समयमा लागू आैषध दुर्वेशनीले विकराल अवस्था सृजना गरेको र यसकाे लागि जनचेतनामूलक कार्यक्रम गरिरहेकोसंगै यसलाई नियन्त्रण गर्न सबैले जुट्न अपिल समेत अपिल गरेका छन।

ताजा खबर

“आमा: अनन्त माया”

अतिक्रमण हटाउन प्रशासनलाई परिपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *