गोपाल जंग थापाको ठन्डो पानी बजारमा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ मंसिर
विगत लामो समय देखि गित संगितमा क्षेत्रमा लागिरहेका चर्चित गायक तथा सञ्चारकर्मी गोपाल जंग थापा र गायिका पूर्णकला विसीको स्वरमा नयाँ प्रस्तुती “पहाडको ठन्डो पानी” बोलको देउडा गित सार्वजनिक भएको छ ।
चित्रकला बुढा थापाको लय र प्रकाश थापाको शब्दमा रहेको “पहाडको ठन्डो पानी” गितलाई विजय थापाले संगित गरेका छन् । गोपाल जंग थापाको आफ्नै युटुब च्यानलबाट शुक्रबार सार्वजनीक गरिएको गितको निर्देशन सुरेन्द्र संगम(डोट्याल बड्डा) ले गरेका छन् भने उनलाई क्यामेरामा सोनु बिकले साथ दिएका छन । सह क्यामेरामा प्रकाश विसिले सघाएका छन ।
सुदूपश्चिमको सुन्दर पहाडी जिल्ला अछामको बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन भएको यस गितमा गायक गोपाल जंग थापा र चर्चित मोडेल रोजी कुंवरको उत्कृष्ट अभिनय देख्न सकिन्छ । संचार क्षेत्रसँगसँगै सांगीतिक क्षेत्रमा सक्रिय रहेका थापाले यसअघि पनि “क्या राम्रो रैछ नि साफेबगर” “चस्मा लाउछु कालो” “नेपालका नेता” लगायत थुप्रै गितहरु बजारमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *