घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी १४ भदौ /
भजनी नगरपालिका वडा नं. १ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको घरमै पुगेर फारम नवीकरण गर्न थालेको छ ।
शारीरिक रुपले वडा कार्यालयसम्म आएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्न नसक्ने अशक्त लाभग्राहीको भत्ता फारम घरमै पुगेर नवीकरणको काम थालेको हो । भदौ मसान्तसम्म सबै लाभग्राहीको नवीकरण गरिसक्नुपर्ने भएका कारण राज्यले उपलब्ध गराउने सेवा सुविधाबाट कोहि बञ्चित नहुने भन्ने उद्देश्यले घरमै पुगेर फारम नवीकरणको काम थालिएको वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “जतिसक्दो सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो दायित्व हो । हामीले सकेको सेवा सेवाग्राहीलाई दिने प्रयत्न गरिरहेका छौँ ।” उनले भने, “सामाजिक सुरक्षा भत्ता पाइरहेका सेवाग्राही जो शारीरिक रुपमा अशक्त भएर वडा कार्यालयसम्म पुग्न सक्नु भएको छैन, उहाँहरुलाई घरमै पुगेर सेवा दिन थालेका हौं ।”
वडाले घरमै आएर सेवा दिन थालेपछि सेवाग्राही निकै खुशी भएका छन् । विशेषगरी घरमा वडा कार्यालयसम्म पुर्याउने अभिभावक नभएका जेष्ठ नागरिकहरूलाई वडाको कार्यले प्रत्यक्ष लाभ भएको छ । २५ जना भन्दा बढी लाभग्राहीको घरमै पुगेर सेवा प्रवाह गरिएको वडा सचीव जनक प्रसाद भण्डारीले बताएका छन् । “हामीलाई जानकारी भएको अशक्त जेष्ठ नागरिकहरूको भत्ता फारम घरमै पुगेर नवीकरण गरेका हौं ।” उनले भने, “अझै त्यस्तो कतै जानकारीमा आएपछि हामी घरमै पुगेर सेवा दिन्छौं ।”
वडा नं. १ मा अझै एक सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण हुन बाँकी रहेको वडा सचीव भण्डारीले बताए । उनका अनुसार सिस्टमले राम्रोसँग काम नगर्दा पनि नवीकरणमा ढिलाइ भएको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *