घर दैलो स्वास्थ्य कार्यक्रम सुरु

शेयेर गर्नुहोस

समाधान समाचार

टीकापुर ३२ साउन टीकापुर नगरपालिका वडा नं. ७ ले ज्येष्ठ नागरिक, अपाङ्ग र बालबालिकाहरुका लागि घरदैलो स्वास्थ्य कार्यक्रम सुरु गरेको छ ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा १ लाख ९२ हजार रुपैयाँ विनियोजन गरी स्वास्थ्य स्वयम्सेवक मार्फत् हप्ताको तीन दिन ज्येष्ठ नागरिक, अपाङ्ग र बाललिकाहरुको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने भएको हो । शनिबार टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक उद्घाटन समेत गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख रावलले ज्येष्ठ नागरिक राष्ट्रको सम्पत्तिको रुपमा रहेको बताउँदै उहाँहरुले राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नगर प्रमुख रावलले ज्येष्ठ नागरिक, अपाङ्ग र बाललिकाहरुले घरदैलोबाटै स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा सरकारको दायित्व पूरा गरेको महसुस भएको बताएका छन् ।
कार्यक्रमका अध्यक्ष एवम् टीकापुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामलाल डंगौरा थारूले ज्येष्ठ नागरिक, अपाङ्ग र बाललिकाहरुलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउनुका साथै सबै स्थानीयसँग जनप्रतिनिधिहरुको समन्वय होस् भन्ने उद्देश्यले पनि कार्यक्रम तय गरिएको बताएका छन् । उनले उक्त कार्यक्रम जनगुनासो सुन्ने आधार पनि बन्ने बताए ।
शनिबार वडाको दिव्यपुर, प्रतिपुर र बैदीका ज्येष्ठ नागरिक–हरुलाई स्वास्थ्य सेवाका साथै न्यानो कपडा, औषधि र आवश्यक सरसफाइका सामाग्रीहरु समेत वितरण गरिएको छ । वडामा ७० वर्षभन्दा माथिका २ सय ७८ जना ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र ७४ जना अपाङ्गहरुले वर्षभरि नै स्वास्थ्य सेवा घरमै पाउने गर्ने व्यवस्था गरिएको वडा सचिव लोकबहादुर
बुढाले बताए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *