शेयेर गर्नुहोस
टीकापुर १३ जेठ /
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यका साथ दुर्व्यवहार गरिएको बताएका छन् ।
आइतबार गाउँपालिकाबाट घर फर्किने क्रममा कम्युनिस्ट युवा संगठन बताउने ८/१० जनाको समुहले आपत्तिजनक अवस्थामा दुर्यवहार गरेकी बताएका हुन । सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै गाउँपालिकाका अध्यक्ष चौधरीले आफू माथिको हमला जोशीपुरका जनता माथिको आधात भएको टिप्पणी गरेका छन् । अध्यक्ष चौधरीले अनावश्यक लान्छना लगाएर जनतालाई भ्रममा फाल्ने काम भएको बताउँदै जोशीपुर सुशासनका दृष्टिकोणले कस्तो छ भन्ने कुरा नियमन गर्ने निकायको तथ्यांकबाटै पुष्टि हुने बताए ।
बिज्ञप्तिमार्फत अध्यक्ष चौधरीले आफ्नो कार्यकाल भित्र कुनै पनि अपारदर्शी र अनावश्यक काम नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटनामा संलग्नलाई कानुनको दायरामा ल्याएर कारबाहीको माग समेत गरेका छन् । अध्यक्ष चौधरीले चन्दा नदिएको झोकमा आफू माथी अभद्र व्यवहार गरिएको बताएका छन् । उनलाई आइतबार साझ करिब ६ बजेको समयमा गाउँपालिकाको मैनपोखरी पुल नजिकै कालोमोसो छ्यापिएकि थियो ।
त्यसको विरोधमा नागरिक उन्मुक्ति पार्टीले पनि एक बिज्ञाप्ति जारी गर्दै खेद प्रकट गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीद्वारा जारी गरिएको बिज्ञाप्तिमा लोकतान्त्रिक मूल्य, मान्यता र मर्यादालाई कुल्चिने कार्य समाजका लागि स्विकार नहुने उल्लेख छ । गलत कार्यमा संलग्नलाई पहिचान गरी दोषीलाई कानुनी कारबाहीको माग गरिएको छ । पार्टीको कैलाली जिल्ला कमिटीले पनि बिज्ञाप्तिमार्फत आपत्ति जनाएको छ । त्यसैगरी जानकी गाउँपालिका र भजनी नगरपालिकाले पनि त्यसको विरुद्धमा बिज्ञाप्ति जारी गरेको छ ।
स्थानीय तहमा चन्दा आतंक जस्ता अनावश्यक क्रियाकलापका कारण कर्मचारीहरु बस्न नचाहने गरेको बुझाइ रहेको छ । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले स्थानीय तहमा राम्रा कर्मचारी(प्रमुख प्रशासकीय अधिकृत) साथीहरु आउन नखोज्नुको धेरै कारण मध्ये एउटा कारण चन्दा आतंक पनि भएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, “हरेक महिना विभिन्न समूहलाई चन्दा दिनुपर्ने, नदिदा जनकारवाहीको नाममा कालोमोसो दल्ने लगायतका अपराधिक कार्यको सिकार हुनुपर्ने, अब जनप्रतिनिधी पनि यसबाट अछुतो रहनुभएन ।”
उनले अगाडि थपेका छन्, “राज्यबाट यस बिरुद्ध कुनै पहल नहुनु झन पिडादायी छ। यस किसिमको चन्दा आतंक निर्मुल पार्न कसले कस्तो भूमिका खेल्नु पर्ला ? समाधान के के होला ? मलाई के लाग्छ भने, “स्थानीय तह राज्यको आधारशिला हो, यहाँ मिहिनेति नतिजामूखि कर्मचारीको आवश्यकता छ । स्थानीय तह विकसित हुनु भनेको देश विकसित हुनु हो। देश विकासका निमित्त कार्य वातावरण राम्रो हुनु बहुतै जरुरी छ ।”










