शेयेर गर्नुहोस
टीकापुर ०१ पुस /
मोफा जापान, वल्डभिजन जापानको आर्थिक सहयोग तथा वल्डभिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीको संयुक्त साझेदारीमा समुदायमा आधारीत विपद जोखीम न्यूनीकरण परियोजना अन्तरगत चित्रकला र वक्तित्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
टीकापुर नगरपालिका अन्तरगत वडा नं. ७, ८ र वडा नं. ९ भित्रका सामुदायिक र संस्थागत गरी १० वटा विद्यालयका ३० जना विद्यार्थी सहभागितामा “बाढी जोखिम उथानशिल घर र विद्यालय” भन्ने शिर्षकमा भएको चित्रकला प्रतियोगितामा कक्षा ८ का विद्यार्थीहरु सहभागी रहेका थिए । सहभागी विद्यालयहरु मध्येबाट चित्रकला प्रतियोगितामा जेसीज पब्लिक स्कुल सत्तीकी कृतिका साउँद शान्त्वना, जनता राष्ट्रिय माध्यमिक विद्यालय सोनाहाफाँटाकी जेनीसा घर्तीमगर तेस्रो, बोडर लाइन पब्लिक स्कुल सोनाफाँटाका दिनेश विक दोस्रो र भानुभक्त आधारभूत विद्यालय खक्रौलाका राज आवजी प्रथम भएका छन् ।
सेतीमैया चाैधरी माध्यमिक विद्यालयका सहयक प्रधानाध्यापक नयन साउँदको अध्यक्ष्ातामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले विद्यार्थी जीवनमा विद्यार्थीलाई किताबी ज्ञान भन्दापनि अन्य अतिरिक्त ज्ञानमा दिन जरुरी रहेको बताएका छन् । उनले चित्रकला, वक्तित्वकला, सामान्य ज्ञान सम्बन्धि जानकारी लगायतका अन्य ज्ञानहरु विद्यार्थीहरुका लागि उनीहरुको मार्गदर्शन हुने समेत बताएका छन् । बोडर लाइन पब्लिक स्कुल बैदीका शिक्षक खगेन्द्र रिमालले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नोबल पब्लिक स्कुल सत्तीका शिक्षक केशव बहादुर धामीले गरेका थिए ।
त्यस्तै परियोजनाले “हाम्रो पुस्ताको चुनाैती जलवायु परिवर्तन र विपद” सम्बन्धि शिर्षकमा वक्तित्वकला प्रतियोगिता पनि राखेको थियो । जसमा टीकापुर नगरपालिका वडा नं. ४ देखि वडा नं. ९ सम्मका सामुदायिक र संस्थागत गरि कक्षा १० मा अध्यान गर्ने विद्यार्थी सहभागी रहेका थिए । सहभागी तर्फबाट वक्तृत्वकला प्रतियोगितामा सेतीमैयाँ चाैधरी माध्यमिक विद्यालय झुङ्गाकी समिक्षा देवकर शान्त्वना, आइएमइ स्कुल अस्नेहरीकी अाकृति चाैधरी तेस्रो, त्रिभुवन माध्यमिक विद्यालय बसन्ताका अनुप चाैधरी दोस्रो र कर्णाली माध्यमिक विद्यालय सत्तीकी हिमानी परियार प्रथम भएकी परियोजनाका सामाजिक परिचालक विन्तीराम चाैधरीले जानकारी दिएका छन् ।










