शेयेर गर्नुहोस
गणेश क्षेत्री, टीकापुर १२ फागुन /
सत्ती भन्सार कार्यालय खक्रौलाले लक्ष्य अनुरुप राजस्व संकलन गर्नसकेको छैन ।
बार्सिक लक्ष्य २० कराेड ५८ लाख ६१ हजार रुपैयाँ रहेपनी ७ महीनाको अबधिमा ८ करोड ३४ लाख १२ हजार ३० रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार का निमित्त प्रमुख तुलसीराम चौधरी ले बताउनुभयो
निमित्त भन्सार प्रमुख चौधरी का अनुसार चोरीपैठारी बढेकोले राजस्व सड्ढलन मा कमि आएको हो
सिमामा खटियको सशत्र प्रहरिले कृषक हरुको मलखाद समातेर भन्सारमा बुझाउन सक्ने तर भन्सार छलेर रातारात माल सामान को तस्करी हुदा भन्सारको सुरक्षार्थ खटियकाे सशत्र प्रहरीको मिलेमतो मा तस्करी बढेको ले राजस्व संकलनमा कमि आएको स्थानीय के पि ढुङ्गाना ले बताउनुभयो
बिओपी को स्थापनाकाल देखि नै राजपत्रांकित अधिकारी सशत्र प्रहरी निरीक्षक को कमान्डमा टाेलि खटिने गरेकोमा सशत्र प्रहरी नायब निरीक्षक को कमान्डमा टाेलि खटिनुलाइ पनि अर्थपूर्ण रुपमा हेरियको स्थानीय बताउँछन् । सामान्य अवस्थामा सशत्र प्रहरी निरीक्षक को कमान्डमा ३५ जनाको टाेलि रहने गरेकोमा सशत्र प्रहरी नायब निरीक्षक को कमान्डमा २५ जनाको टाेलि रहने गर्दछन तेसैमध्य पनि बिदामा गएको सशत्र प्रहरी को रासन फिर्ता नहुनेहुनाले अधिकाङ्गस सशत्र प्रहरी बिदामा इन्चार्ज ले पठाउने गर्दछन ।
भन्सार ले श्रावण महिनामा लक्ष्य भन्दा ४०.५३ प्रतिशत र भाद्र महिनामा १४. ५४ प्रतिशत बढि राजस्व सड्ढलन भएपनी असोज महिनामा ७३.१ प्रतिशत , कार्तिक मा ६२.७६ , मङ्सिर मा ६२.८६, पौषमा ३९.१४ प्रतीशत र माघमा सबैभन्दा कम ३७.२२ प्रतिशत मात्रै राजस्व सड्ढलन भएको छ
टीकापुर नगरपालिका वडान ६ का वडा अध्यक्ष बलिराम चौधरी ले राजपत्रअनङकित अधिकारीले जिम्मेवारी बहनै गर्न नसक्ने त होइन तर भन्सार जस्तो संबेदनसिल ठाउँमा दरबन्दी राजपत्रांकित अधिकारी को छ भने राजपत्रांकित अधिकारिको नै दरबन्दी हुनुपर्ने बताउनुभयो