छाउपडी प्रथा तथा एकल महिलामाथी हुने हिंसा न्यूनीकरणका लागि सडक नाटक

शेयेर गर्नुहोस


टीकापुर २४ पुस/
टीकापुर नगरपालिका वडा नं. २ ले समुदाय लक्षित कार्यक्रमलाई निरन्तरता दिएको छ ।
वडा कार्यालयले समुदायलाई प्रत्यक्ष लक्षित गरेर सञ्चालन गरेका कार्यक्रम अन्तर्गत सोमबार छाउपडी प्रथा तथा एकल महिलामाथी हुने हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न गरेको छ । वडा भित्र पर्ने केही समुदायमा अझै पनि छाउपडी प्रथा कायम रहेको भन्दै त्यसको न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको वडा अध्यक्ष दिपक चौधरीले बताएका छन् । उनले जनचेतनामूलक सडक नाटकले केही हदसम्म समुदायमा रहेको छाउपडी प्रथा कम हुने विश्वास व्यक्त गरेका छन् ।
“हामी समाजलाई समुन्नत बनाउनका लागि हाम्रा वडाबाट हुने कार्यक्रमलाई समुदाय लक्षित गरेर कार्यक्रम गर्दै आएका छौँ । जसमा जनताको प्रत्यक्ष सहभागिता रहने गरेको छ ।” वडा अध्यक्ष चौधरीले भने, “जनताको माझबाट आएका हामी सधैं जनताको माझमा रहन चाहन्छौँ ।” उनले समुदायमा पछाडी पारिएको समुहलाई सक्षम बनाउन सक्यो भने त्यसबाट समाजलाई थप उचाईमा पुर्याउन सकिने बताए । वडा अध्यक्ष चौधरीले वडाका कार्यक्रमहरु आवश्यकताको आधारमा भएको बताउँदै सबै बर्ग र समुदायलाई समेट्दै अगाडि बढेको बताएका छन् ।
वडा नं. २ बिजयनगरकी सिर्जना भुलले समुदायमा छाउपडी गोठ नभए पनि अझै छाउ बार्ने काम जीवितै रहेको बताइन् । उनले छाउगोठका कारण कैयौंल अकालमा ज्यान गुमाउनु परेको स्मरण गर्दै समुदायमा प्रस्तुत गरिएको नाटकले दिएको सन्देश यथार्थ रहेको बताएकी छन् । “जुन घटना समाजमा अझै पनि जगडिएर बसेको छ, त्यसलाई न्यूनीकरण गर्नका लागि यस्ता जनचेतनामूलक कार्यक्रम निकै प्रभावकारी हुन्छन् ।” उनले भनिन्, “एकैपटक कार्यक्रम गरेर सबै सम्भव नहुन सक्छ तर निरन्तरता दिन सक्यो भने छाउपडी प्रथालाई अन्त्य गर्न अब धेरै समय लाग्दैनहोला ।”
स्थानीय रामकृष्ण चौधरीले समाजले एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताएका छन् । उनले अहिलेको अवस्थामा एकल महिलालाई समाजले सान्त्वना दिनुको साटो पीडा दिने काम गर्दै आएको बताउँदै त्यसता कुरिती अन्तका लागि जनचेतना आवश्यक हुने बताएका छन् । “हामीले सबैलाई समान व्यवहार गर्नुपर्छ । समाजले यो वा त्यो बाहनामा कसै माथी विभेद गर्नु दण्डनीय विषय हो ।” उनले भने, “सडक नाटक जस्ता जनचेतनामूलक कार्यक्रमले मानिसको चेतनाको विकास हुने हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक हुन्छ ।”
जनचेतनामूलक सडक नाटकको समन्वय गरेको संस्था सिर्जनशील युवा समाज नेपालका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माले समाजमा भएका विकृति, विसंगति न्यूनीकरणका लागि सडक नाटक महत्त्वपूर्ण माध्यम भएको बताएका छन् । उनले समुदायका अधिकांश ब्याक्तीको सहभागिता गराउन सकिने हुँदा न्यून बजेटमा ठूलो कार्यक्रम गर्न सकिने बताए । “हामीले वर्षौंदेखि सडक नाटक गर्दै आएका छौँ । जसबाट प्रत्यक्ष समुदायको पिडित पक्ष र पिडक पक्ष समेटिएको हुन्छ र त्यसको समाधान पनि त्यहाँ खोजिएको हुन्छ ।” राजेन्द्रले भने, “दुबै पक्षलाई जनचेतना हुने भएकोले सडक नाटक लक्षित वर्गको उत्थानका लागि महत्त्वपूर्ण माध्यम हो ।”

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *