शेयेर गर्नुहोस
खेमराज पाण्डे, भजनी ०६ साउन /
भजनी नगरपालिकामा रहेका अस्थाई ट्राफिक प्रहरी पोष्ट भजनीले गत आर्थिक वर्षमा सवारीसाधनको कारबाहीबाट ६ लाख ७२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
भजनी अस्थाई ट्राफिक प्रहरी पोष्टले आर्थिक वर्ष २०७८ / ०७९ मा ९ सय ५६ वटा मोटरसाईकल, २९नवटा ट्रक, १५ वटा बस ,२१वटा कार जीप ,१००वटा ट्याक्टर र अटो रिक्सा ४७ वटालाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । सवारी साधन दुघर्टना कारबाही आर्थिक वर्ष २०७८/२०७९ मा मापसे १२जनालाई कारबाही, सवारी दुर्घटना १६ जना, मृत्यु ३ जना १ जना गम्भीर घाइते र ९जना सामान्य रहेको अस्थाई ट्राफिक प्रहरी पोष्टका भजनी ईन्चार्ज भोज राज पाण्डेयले जानकारी दिएका छन् ।