शेयेर गर्नुहोस
टीकापुर २६ असोज /
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी एक करोड भन्दा माथी पुगेको छ् ।
सहकारी संस्थाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारण सभामा प्रस्तुत भएको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार सहकारीको शेयर पुँजी एक करोड ३८ लाख ८९ हजार ९ सय पुगेको हो । सहकारी संस्थामा एक हजार पाँच सय ७ जना शेयर सदस्य रहेका छन् ।
सहकारीले गत आर्थिक वर्षमा तीन लाख दुई हजार ७ सय ७५ रुपैयाँ ६६ पैसा खुद नाफा कमाउन सफल भएको सहकारीका व्यवस्थापन छविलाल जैशीले जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा सहकारीको कुल निक्षेप ७ करोड ६३ लाख ५७ हजार एक सय ६० पुगेको छ ।
सहकारीको बाह्य ऋण एक करोड १५ लाख ७ हजार दुई सय २२ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ भने ऋण लगानी ७ करोड ५१ लाख ६२ हजार दुई सय ५६ रुपियाँ गरेको छ । सहकारीमा भाका नाघेको ऋण मात्रै ३१ लाख २९ हजार दुई सय ५४ रहेको व्यवस्थापक जैशीले जानकारी दिएका छन् ।
आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको सहकारी संस्थाको सम्पत्ति ११ करोड १५ लाख ६५ हजार६ सय ३९ रहेको देखिन्छ ।
कैलाली जिल्लाका चार स्थानीय तह टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा कार्यक्षेत्र भएको सहकारी संस्थाका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको १४ औं साधारण सभाले गत आर्थिक वर्षको उत्कृष्ट बचतकर्ताको रुपमा खुशीराम डगौरा, यज्ञमान सेठ्ठी र चन्द्रा कुमारी भट्टराईलाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कारोबारीको रुपमा सरिता विसी र पवन डगौरालाई सम्मान गर्नुको साथै गत वर्षको कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने कपिल पाण्डेलाई पनि पुरस्कार सहित सम्मान गरेको छ ।
साधारण सभाको प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष गणेश साउँद रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथि सल्लाहकार संयोजक बद्री प्रसाद भट्टराई रहेका थिए भने कार्यक्रमको सञ्चालन सचीव लालकेश जैशीले गरेका थिए ।










