जनताको १३ अाैं साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ३० असोज /
जनता कृषि सहकारी संस्था लिमिटेडको १३ अाैं वार्षिक साधारणसभा र चाैथाे चुनावी सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष मोहन नाथ योगिको अध्यक्ष्ातामा भनेको कार्यक्रमको प्रमुख अतिथि पुर्व टीकापुर नगर विकास समितिका अध्यक्ष फकिरसिंह कडायत रहेका थिए भने विशिष्ट अतिथि एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षका झपट बहादुर बुढा र उन्नत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लालबहादुर साउँद रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कडायतले पंच्यायत कालमा सहकारीले साझा उद्देश्यमा काम गर्न सक्छौं भनि सञ्चालनमा आउने गरेको बताउँदै पछिल्लो अवस्थामा सहकारी संस्थाहरुलाई आर्थिक रुपमा तुलना गर्दै थालिएको बताएका छन् । उनले सहकारी संस्थाको ध्याय आर्थिक संकलन गर्नु मात्र नभई सहकारी संस्थाका शेयर सदस्यहरुको जिवन स्तरलाई माथि उकास्नु सहकारीको मुख्य ध्याय हुन जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि उन्नत कृषि सहकारी संस्थाका अध्यक्ष साउँदले टीकापुर नगरपालिका क्षेत्र भित्र धेरै सहकारी रहेता पनि केहि सहकारी संस्था मात्र संचालनमा आएका र धेरै सहकारी बन्द अवस्थामा रहेको बताउँदै सहकारीहरु पछिल्लो समयमा अस्वस्थ प्रतिस्पर्धामा रहेको बताए । उनले जनता कृषि सहकारीले किसानहरुका लागि मलखादको राम्रो व्यवस्थापनका लागि राम्रो काम गर्दै आएको समेत बताएका छन् ।
त्यस्तै कार्यक्रममा अर्का विशिष्ट अतिथि बुढाले सहकारी भनेको साझा हितका लागि एक आपसमा साझेदारी गर्ने संस्था रहेको बताएका छन् । उनले प्रत्येक व्यक्ति सहकारीका निम्ति र सहकारी प्रत्येक व्यक्तिका निम्ति भन्ने मुल नारा सहकारी संस्थाहरुको हुने पर्नेमा जोड दिँदै कृषि क्षेत्रलाई नेपाल सरकारले कृषि हबको रुपमा लिइरहेको अवस्थामा सहकारी संस्था आफै कृषि सहकारी संस्था रहेकाले किसानहरुका निमित्त अझ बढी काम गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा शेयर सदस्य रंगप्रसाद अधिकारी, गंगा जमुना सहकारी संस्था लिमिटेडका व्यवस्थापक कुसराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष मोतीराम भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव ताराप्रसाद अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *