शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०४ पुस/
जनता कृषि सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा एकता ऋण तथा सहकरी संस्थाका अध्यक्ष झपट बहादुर बुढाले सहकारीलाई सबै ठाउँमा सहभागि भएर अगाडि बढ्नुपर्ने बन्दै विधि र पद्धतीअनुसार चलेमा मात्र सहकारी अगाडी बढ्ने बताएका छन् ।
कार्यक्रममा विशिस्ट अतिथि महिला जागण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शोभाशर्मा ज्ञवालीले शेयर सदस्यहरु निस्क्रिय भएमा सहकारी नै धरापमा पर्न सक्ने भन्दै सदस्यहरु पनि सक्रिय भएर लाग्नुपर्ने बताउँदै कृषि सहकारीले कृषि सम्बन्धि काम गर्नुपर्ने भएकोले आफु आवद्ध महिला जागरण बहुउद्देश्यीय सहकारीले तेल पेल्ने मिल उद्योग संचालन गरिरहेको र अगामी दिनमा सहकारी पसल पनि संचालनमा ल्याउने योजना रहेको बताएकी छन् ।
सहकारीको आर्थिक वर्ष २०७७/ ०७८ को अन्त्यमा चुक्ता शेयरपुँजी १५ लाख ३७ हजार २ सय रुपैयाँ रहेको र ३६ लाख ५५ हजार लगानी रहेको छ भने सहकारीको कुल आम्दानी ११ लाख ७८ हजार ३ सय १८ रुपैयाँ रहेको छ । सहकारीले १ करोड ३८ लाख ८७ हजार ४ सय ९४ रुपैयाँको कुल कारोबार रहेको जनाएको छ ।
सहकारीका अध्यक्ष मोहननाथ योगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन पेश अध्यक्ष योगीले गरेका थिए भने बार्षिक आय व्यय कोषाध्यक्ष महन्त साउँदले पेश गरेका थिए ।
कार्यक्रममा स्वागत कोषाध्यक्ष महन्त साउँदले गरेका थिए भने संचालन तारा प्रसाद अधिकारीले गरेका थिए ।