अध्यक्ष रावलले गरे आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०७ पुस/
टीकापुर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दिपक रावलले आफ्नो दुई वर्षको कार्यकालमा भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
२०७६ साल मंसिर ८ गते टीकापुर अस्पताल व्यवस्थापन समितिको नेतृत्व सम्हालेका रावलको २०६८ मंसिर ८ गते कार्यकाल समाप्त भएपछि आफ्नो दुईको अवधीमा भएका कामहरू सार्वजनिक गरेका हुन । उनले मंगलबार पत्रकार सम्मेलन मार्फत अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुले घण्टौं लाईन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै टोकन मेसिन जडान गरी सञ्चालनमा ल्याइएको, नवजात शिसु उपचार सेवालाई थप प्रभावकारी बनाउन एस.एन. सि.यु कक्षा सञ्चालन गर्न सफल भइएको व्यवस्थापन समिति अन्तर्गत कार्यरत कर्मचारीहरुको न्यून पारिश्रमिक रहेकोमा कर्मचारीहरुको मनोबल उच्च राख्न अस्पतालको आम्दानी अनुसार केही मात्रामा भए पनि पारिश्रमिक वृद्धि गर्न सफल भएको बताएका छन् ।
उनले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय, प्रदेश तथा केन्द्र सरकार लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको समन्वयात्मक भूमिका निर्वाह गर्ने अस्पतालमा आवश्यक पर्ने स्वास्थ्यजन्य सामाग्री तथा उपकरणहरुको उचित व्यवस्थापन गर्न सफल भइएको बताएका छन् । “टीकापुर अस्पतालद्वारा बिगत लामो समयदेखि बिधुत महसुस भुक्तानि गत बाँकी करिव पैचालीस लाख वक्यौता रकम व्यवस्थापन समितिको प्रयासबाट प्रदेश सरकारको सहयोगमा चुक्ता गर्न सफल भएका छौँ । अस्पतालमा थप मेसिन तथा उपकरणहरु जडान भएसगै अस्पताललाई प्रशारण लाईनमा जडान गर्नुपर्ने देखि सो काम सम्पन्न गरि आवश्यक क्षमताको विद्युत आपूर्ति अस्पतालमा भएको छ ।” रावलले भने, ” अस्पतालमा बिरामीहरुको अत्याधिक चापलाई मध्यनजर गर्दै विलिङ्ग तथा दर्ता कक्षलाई सुदृढ गर्दै दुईवटा मात्र काउन्टर रहेकोमा थप दुईवटा काउन्टर थप गरी चारवटा काउन्टर मार्फत सेवा सञ्चालनमा हुँदै आएको छ । साथै दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा व्यवस्थापनमा अक्सिजनको चरम अभाव देखिएको र कोरोना रोग बाहेक अन्य रोगको उपचार प्रकृयामा समेत अक्सिजन अत्यावश्यक रहेको ठानि टीकापुर अस्पतालको आफ्नो हाताभित्र आफनै अक्सजन प्लान्ट खरिद गरि जडान कार्य सम्पन्न भएको छ ।”
पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष रावलले जेष्ठ नागरीकहरुलाई यस अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरुमा सक्दो सहज पहुँचका सुनिश्चितताका लागि व्यवस्थापन समितिको निर्णय मार्फत सारजनिक विदा पर्ने शनिवारको दिन पनि जेष्ठ नागरिक ओ.पि.डी. सेवा सञ्चालनमा ल्याईएको बताउँदै कोभिड १९ संक्रमण रोकथाम तथा व्यवस्थापन लगायत अन्य सघन रोगहरुको थप प्रभावकारी उपचारका लागि ५ शैयाको आइसियु र १० शैयाको एचडियु वार्ड स्थापना गरी सेवा सञ्चालनमा ल्याईएको बताएका छन् । उनले अस्पतालमा आउने अपाङ्ग र टुहुरा बालबालिकाहरुका लागि निशुल्क उपचार प्रदान गरिनुका साथै अस्पतालबाट प्रदान गरिने समग्र स्वास्थ्य सेवाहरुलाई थप सुदृढ गर्दै जटिल किसिमको अर्थोपेडिक सर्जरिहरु, बालरोग विशेषज्ञबाट प्रदान गरिने सेवाहरुमा गुणस्तरको सुनिश्चितता गरिएको र विगत लामो समयदेखि बन्द रहेको इन्डस्कोपी पनि संचालनमा ल्याउन सफल भएको बताएका छन् । टीकापुर नगरपालिका, प्रदेश सरकार र टीकापुर अस्पतालले किड्नीको डाईलाईसिस सेवा सञ्चालनका लागि त्रिपक्षिय सम्झौता गरि खरिद प्रकृया अगाडि बढाईएको बताउँदै रावलले टीकापुर अस्पतालको क्षमता अभिबुद्धि गराउने अभिप्रायले यस अस्पताललाई २०० शैयाको अस्पतालको रुपमा सञ्चालन गर्नको लागि सम्बन्धन प्राप्त गरिएको समेत बताएका छन् ।
उनले यति हुँदाहुँदै पनि २ वर्षको छोटो अवधी र कोरोना महामारीका कारण आफ्नो योजना अनुसारका सबै कामहरु गर्न नसकिएको बताउँदै टीकापुरमा मेडिकल कलेज स्थापना गर्ने योजना रहेको र त्यसका लागि आउने नेतृत्वले सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालीका र चौकुने गाउँपालीका, वर्दिया जिल्लाका राजापुर नगरपालीका र गेरुवा गाउँपालीका समेतलाई विश्वासमा लिई पूर्वी कैलालीका टीकापुर, लम्की चुहा, भजनी, घोडाघोडी नगरपालीकाहरु र मोहन्याल, बर्दगोरिया, जानकी र जोशीपुर गाउँपालीहरु समेटी यस क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न पहल गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *